मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

जितपछि दुर्लभ थापाले भने- भक्तपुरका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्छु

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ८ २०७९
images
images
जितपछि दुर्लभ थापाले भने- भक्तपुरका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्छु
images
images

भक्तपुर- भक्तपुर क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले जिल्लाको शिक्षा, स्वास्थ्य र समग्र विकास निर्माणका प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। 

images
images
images

थापाले निर्वाचित भएलगत्तै एक प्रेस विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि सबैको साझा भएकाले सबै मतदतालाई आगामी दिनमा निष्पक्ष रही सेवा गर्ने र भक्तपुरको शिक्षा, स्वास्थ्य र समग्र विकास प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्।

उनले संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्दै सम्मुनत नेपाल बनाउने मूल ऐजेण्डालाई अनुमोदन गरेकामा भक्तपुरका आम मतदातालाई धन्यवादसमेत दिएका छन्। 

images

'मङ्सिर ४ गते सम्पन्न निर्वाचनमार्फत संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्दै सम्मुनत नेपाल बनाउने हाम्रो मूल एजेण्डालाई आफ्नो मतबाट अनुमोदन गर्दै लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराइदिनुभएकामा सबै मतदातामा हार्दिक आभार व्यक्त गर्दछु', विज्ञप्तिमार्फत भनिएको छ। 

images

थापाले भक्तपुरका मतदाताले गर्नुभएको विश्वासलाई एउटा जिम्मेवारीका रूपमा लिएको र सो जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्न प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

उनले निर्वाचनमा परिणामसम्म पुर्‍याउन विभिन्न तह र जिम्मेवारीमा रहेर मेहेनत गर्नुहुने गठबन्धनमा रहेका सबै राजनीतिक दलका टोल, वडा, नगर, प्रदेश, क्षेत्र र जिल्ला समिति, भातृ तथा शुभेच्छुक सङ्घसंस्थाका पदाधिकारी एवं सदस्य, आम जनसमुदाय, शुभेच्छुक तथा समर्थक र बुद्धिजीवी, मजदुर किसान वर्गको योगदानको उच्च कदर गर्दै आभारसमेत व्यक्त गरेका छन्। 


प्रकाशित : बिहीबार , मंसिर ८ २०७९०७:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend