आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

१३ क्षेत्रमा जितेको कांग्रेसको ४२ मा अग्रता 

images
बिजनेस न्युज
images
images
१३ क्षेत्रमा जितेको कांग्रेसको ४२ मा अग्रता 

पछिल्लो विवरण अनुसार कांग्रेसका उम्मेद्वारहरूले ४२ प्रतिनिधसभा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका राखेका छन्। 

images
images

काठमाडौं- आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मतगणना भइरहेको छ। 

images
images
images

निर्वाचन आयोगका अनुसार हालसम्म १५१ क्षेत्रको मतगणना भइरहेको छ। मतगणनाको परिणाम पनि सार्वजनिक भइरहेको छ। 

images

पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले १३ क्षेत्रमा जित हात पारेको छ। 

images

नेपाली कांग्रेसबाट पर्सा ४ बाट रमेश रिजाल निर्वाचित भएका छन्। 

images
images

नेपाली कांग्रेसले काठमाडौंमा पाँच क्षेत्रमा हात पारेको छ। १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालसिे, ४ मा गगनकुमार थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्रकुमार केसीले जित हात पारेका छन्। 

त्यस्तै रसुवाबाट मोहन आचार्य विजयी भएका छन् भने ललितपुर १ बाट उदयशमशेर जबराले जित हात पारेका छन्। कांग्रेस नेता शंकर भण्डारी तनहुँ २ बाट निर्वाचित भएका छन् भने मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकाली विजयी भएका छन्। 

सुर्खेत २ बाट हृदयराम थानी निर्वाचित भएका छन् भने नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरबाट निर्वाचित भएका छन्। 

पछिल्लो विवरण अनुसार कांग्रेसका उम्मेद्वारहरूले ४२ प्रतिनिधसभा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका राखेका छन्। 

वर्तमान सरकारको नेतृत्व गरेको कांग्रेसले सत्ता साझेदार दलहरूसँगको गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरेको थियो। नेकपा माओवादी केन्द्र, नेकपा एस, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चासँग कांग्रेसले चुनावी गठबन्धन गरेको थियो। 

images

प्रकाशित : बुधबार, मंसिर ७ २०७९०८:३५
प्रतिक्रिया दिनुहोस