काठमाडौं- मुस्ताङको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ।
निर्वाचन आयोगका अनुसार २ प्रदेशसभा र १ प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्।
प्रतिनिधि सभामा कांग्रेसका योगेश गौचन थकाली र प्रदेश क मा कांग्रेसका नम्डु गुरुङ र प्रदेश ख मा कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन्।
कांग्रेसका योगेश गौचन थकालीले एमालेका प्रेमप्रसाद तुलाचन पराजित गरेका हुन। गौचनले ३ हजार ९९२ मत ल्याउँदा तुलाचनले ३ हजार ७८ मत पाए।
यसैगरी प्रदेश क मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन्। गुरुङ एमालेका इन्द्रधारा विष्टलाई गरेका हुन। नम्डुले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधाराले ७ सय ९३ मत पाए। यसैगरी प्रदेश ख मा कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन्। एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेश सभामा निर्वाचित भएका हुन्।