काठमाडौं- प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नं १ मा भएको निर्वाचनको प्रारम्भिक मत परिणाममा नेपाली कांग्रेसका उम्मेद्वार विश्वनाथ पौडेलले अग्रता कायमै राखेका छन्।
सुरुदेखि नै अग्रता लिएका अर्थशास्त्री पौडेलले ३ हजार मत गणना गर्दा १०६७ मत पाएका छन्।
पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ९४४ मतसहित पछ्याएका छन्। तेस्रोमा भने नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे छन्।