शुक्रबार, मंसिर २२ गते २०८०    

एनटीटीभीका ग्राहकले विश्वकप प्याकेज खरिद गर्दा १२ जीबी डेटा पाउने 

images
बिजनेस न्युज
images
एनटीटीभीका ग्राहकले विश्वकप प्याकेज खरिद गर्दा १२ जीबी डेटा पाउने 

यो प्याकेज खरिद गर्ने ग्राहकले २८ दिनका लागि १२ जीबी डेटा पनि पाउने भएका छन्। 

काठमाडौं- नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि फिफा विश्वकप २०२२ को प्याकेज ल्याएको छ। 

images
images
images

नेपाल टेलिकमको एनटीटीभीको सेवा लिएका ग्राहकहरूले हिमालयन एचडी टीभीको प्याकेज खरिद गरी विश्वकपका खेल प्रत्यक्ष हेर्न पाउने भएका छन्। 

images

फिफा वल्र्ड कप २०२२ हेर्नका लागि निर्धारित करसहितको ५६५ सय रुपैयाँ तिर्नुपर्ने छ। एनटीटीभीका ग्राहकले यस्तो प्याकेजको शुल्क घरबाटै तिर्न सक्नेछन्। 

images

यसका लागि  हिमालयन एचडी टेलिभिजन च्यानलमा गई ‘बाई प्याकेज’मा क्लिक गरी आफ्नो मोबाइल नम्बर इन्ट्री गर्नु पर्नेछ। त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटीपी प्रयोग गरी सेवा खरिद गर्न सकिन्छ। सेवा खरिद गर्दा ग्राहकको मोबाइल व्यालेन्सबाट रकम काटिनेछ। 

images

यो प्याकेज खरिद गर्ने ग्राहकले २८ दिनका लागि १२ जीबी डेटा पनि पाउने भएका छन्। 

 


प्रकाशित : शनिबार, मंसिर ३ २०७९११:३७
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ