आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकघण्टा मोटरसाइकल पार्किङ गर्दा ४० रुपैयाँ, अन्य विमानस्थलमा कति?

images
बिहीबार , मंसिर १ २०७९
images
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकघण्टा मोटरसाइकल पार्किङ गर्दा ४० रुपैयाँ, अन्य विमानस्थलमा कति?
images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क बढेको छ। मंसिर १ गतेबाट लागू हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले सवारी पार्किङ शुल्क बढाउने निर्णय गरेको छ। 

images
images
images

प्राधिकरणले गएको जेठ १५ गतेदेखि लागू हुने गरी जारी गरेको विमानस्थल सेवा शुल्क नियमावलीले दिएको अधिकार प्रयोग गरी पार्किङ शुल्क बढाइएको हो। 

images
images

नियमावलिमा देशभरका विमानस्थलमा लागू हुने सवारी पार्किङ शुल्क तोक्ने अधिकार प्राधिकरणलाई दिइएको थियो। साथै नियमावलीले दिएको अधिकारअनुसार निर्णय नहुँदासम्म भने विमानस्थल सेवा शुल्क नियमावली २०६७ ले नै तोकेकोअनुसार नै हुने व्यवस्था गरेको थियो।

images
images

सोहीअनुसार प्राधिकरणले असोज ३० गते नयाँ शुल्क निर्धारण गरी मंसिर १ गतेबाट लागू हुने गरी सवारी पार्किङ शुल्क बढाएको छ।

तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायी दीपक मल्होत्राको आइएमएस एपोर्ट सर्भिस कम्पनीले भने २०७८ मंसिर १ गतेबाट नै विमानस्थल सेवा शुल्क नियमावली २०६७ मा तोकेको शुल्क भन्दा २० गुणासम्म बढी रकम संकलन गरिरहेको थियो। नियमावलामा मोटरसाइकको पार्किङमा १ घण्टाको ५ रुपैयाँ लिन पाउने व्यवस्था भएपनि मल्होत्राको कम्पनीले २५ रुपैयाँ असुली गर्दै आएको थियो।

विमानस्थलको सवारी पार्किङमा मल्होत्राकाे कम्पनीको ब्रह्मलुट : ताेकिएकोभन्दा २० गुणा बढी शुल्क असुली विमानस्थलको सवारी पार्किङमा मल्होत्राकाे कम्पनीको ब्रह्मलुट : ताेकिएकोभन्दा २० गुणा बढी शुल्क असुली

तर अहिले प्राधिकरणले धेरै १३ वर्ष अगाडिको नियमावली जारी हुँदाको वखतमा तोकिएको शुल्कमा परिमार्जन गर्दै प्रतिघण्टा मोटरसाइकल तथा स्कुटरको हकमा ४० रुपैयाँ बनाएको हो।

यो रकम मल्होत्राको कम्पनीले आफूखुसी एकवर्ष अगाडिदेखि असुली गर्दै आएको रकमभन्दा पनि १५ रुपैयाँले बढी हो।

प्राधिकरणले २०६७ को नियमावलीअनुसार ठेक्का सम्झौता भएकाहरूसँग सम्झौता अवधिसम्म पुरानै दरमा लिने नयाँको हकमा भने नयाँ शुल्क लाग्ने गरी निर्णय कार्यान्वयनका लागि पत्रचार गरेको छ। तर विमालस्थलमा सवारी पार्किङको काम गरिरहेको कम्पनीको हकमा भने नयाँ शुल्क अनुसार नै गर्ने  निर्देशन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

परिमार्जन भएको शुल्कअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक घण्टासम्म मोटरसाइकल/स्कुटर तथा रिक्सा पार्किङ गर्दा ४० रुपैयाँ तिर्नु पर्ने छ। तर २०६७ को नियमावली अनुसार मोटरसाइकल/स्कुटर तथा रिक्सा पार्किङमा प्रतिघण्टा ५ रुपैयाँ तोकिएको थियो। अहिले तय भएको रकम पहिलेको भन्दा ३५ रुपैयाँले बढी हो।

यसैगरी एकदिन भरी मोटरसाइकल/स्कुटर तथा रिक्सा पार्किङमा ३० रुपैयाँ तोकिएको थियो। यसलाई परिमार्जन गर्दै प्राधिकरणले २ सय ४० रुपैयाँ बनाइएको छ।

नयाँ व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुन सवारी पार्किङमा कति शुल्क?

सवारीको किसिम

शुल्क

मोटरसाइक/स्कुटर र रिक्सा

प्रति घण्टा ४० रुपैयाँ

प्रतिदिन २४० रुपैयाँ

कार, जिप, लिमोजन, टेम्पो आदि

प्रतिघण्टा ८० रुपैयाँ

प्रतिदिन ४८० रुपैयाँ

हल्का सवारी साधन (मिनीबस, माइक्रोबस) आदि

प्रतिघण्टा १ सय रुपैयाँ

प्रतिदिन ६ सय रुपैयाँ

बस, ट्रक (गहौं सवारी) आदि

प्रतिघण्टा १५० रुपैयाँ

प्रतिदिन ९ सय रपैयाँ

पुरानो व्यवस्था अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुन सवारी पार्किङमा कति शुल्क?

सवारीको किसिम

शुल्क

मोटरसाइक/स्कुटर र रिक्सा

प्रति घण्टा ५ रुपैयाँ

प्रतिदिन ३० रुपैयाँ

कार, जिप, टेम्पो आदि

प्रतिघण्टा २० रुपैयाँ

प्रतिदिन १२० रुपैयाँ

प्रति तीनमहिना ३ हजार रुपैयाँ

लिमोजन

प्रतिघण्टा २० रुपैयाँ

प्रतिदिन १२० रुपैयाँ

प्रति तीन महिना ३ हजार रुपैयाँ

हल्का सवारी साधन (मिनीबस, माइक्रोबस) आदि

प्रतिघण्टा ३० रुपैयाँ

प्रतिदिन १५० रुपैयाँ

प्रतिमहिना १५०० रुपैयाँ

प्रति तीनमहिना ४००० हजार रुपैयाँ

बस, ट्रक (गहौं सवारी) आदि

प्रति इन्ट्री ५० रुपैयाँ

यसैगरी पुरानो नियमावलीअनुसार देशभरका अन्य विमानस्थलको हकमा एउटै सवारी पार्किङ शुल्क तोकिएको थियो। जुन शुल्क यस्तो थियो

सवारीको किसिम

शुल्क प्रति २ घण्टाका लागि

मोटरसाइक, स्कुटर र रिक्सा

५ रुपैयाँ

कार, जिप, टेम्पो, एक्का, गाडा

१० रुपैयाँ

२० सीट क्षमता भन्दा कम क्षमताका मिनी, बस वा वग्गी

२० रुपैयाँ

२० सीट भन्दा बढी क्षमताका मिनिबस, बस वा वग्गी

४० रुपैयाँ

नयाँ व्यवस्था अनुसार  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किक वापत लाग्ने शुल्क

goutam buddha.JPG

चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भरतपुर, पोखरा (आन्तरिक), नेपालगञ्ज र धनगढी विमानस्थलको हकमा लाग्ने सवारी पार्किङ शुल्क

anaya.JPG

तुम्लिङटार, राजविराज  र सुर्खेत विमानस्थलको हकमा लाग्ने सवारी पार्किङ शुल्क

anya 2.JPG

यसबाहेकमा देशभर सञ्चालनमा रहेको विमानस्थलको हकमा लाग्ने सवारी पार्किङ शुल्क

anya 3.JPG

 


प्रकाशित : बिहीबार , मंसिर १ २०७९०९:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend