बुधबार, वैशाख १२ गते २०८१    
images
images

तयार भयो अमेजनको डेलिभरी ड्रोन 

images
images
images
तयार भयो अमेजनको डेलिभरी ड्रोन 

अमेजनले सन् २०२४ भित्र ल्याउने गरि अर्को ड्रोनको पनि घोषणा गरेको छ। 

images
images

काठमाडौं- अमेरिकी इकमर्स जायन्ट अमेजनले सामान डेलिभरी गर्ने ड्रोन तयार पारेको छ। अमेजनका संस्थापक जेफ बेजोजले घोषणा गरेको करिब एक दशकपछि ड्रोन डेलिभरी सेवा लगभग तयार भएको हो। 

images
images
images

अमेजनले तयार पारेको ड्रोनले १२ फिटबाट प्याकेज झार्नसक्ने भनिएको छ। कम्पनीले तयार पारेको एमके २७-२ नामको ड्रोनको परीक्षण भइसकेको छ। अमेरिकाको क्यालिफोर्नियामा यसले अहिले डेलिभरी सेवाको परीक्षण गरेको छ। सन् २०२२ भित्रै यसको सेवा सुरु हुने कम्पनीले घोषणा गरेको छ। 

images

फराकिला घर भएका  साना बस्तीमा सबैभन्दा पहिला यसको सेवा सुरु हुने छ। ८० पाउन्डको तौल भएको यो ड्रोनले अधिकतम ५ पाउन्ड प्याकेज मात्र डेलिभरी गर्नसक्ने छ। 

images

हेलिकप्टर जस्तै उड्ने यो ड्रोन १२ किलोमिटर राउन्डट्रिप लगाउनसक्ने क्षमता राख्छ। प्राइम एयरले सन् २०१३ मै यसको परीक्षण सुरु गरेको थियो। तर लामो समय परीक्षणमै बिताएपनि सन् २०२० मा आएर अमेरिकन संघीय उड्डयन नियकाले ड्रोन सञ्चालनको अनुमति दिएको थियो।

images
images

अमेजनले सन् २०२४ भित्र ल्याउने गरि अर्को ड्रोनको पनि घोषणा गरेको छ। 

images

प्रकाशित : सोमबार, कात्तिक २८ २०७९०४:२१

प्रतिक्रिया दिनुहोस