शनिबार, कात्तिक ६ गते २०७८

हाइपरसोनिक हेडफोन स्मार्टडोकोबाट छुटमा खरिद गर्न पाइने 

विजनेस न्युज
हाइपरसोनिक हेडफोन स्मार्टडोकोबाट छुटमा  खरिद गर्न पाइने 

दसैँ अफरमा स्मार्टडोकोलगायत अन्य ई-कमर्श साइट तथा आईएमएस लिटल स्माइल्स शोरुमाहरु दरवार मार्ग र सिटी सेन्टरमा यी सामानहरु १५ देखि २५ प्रतिशत छुट पाइने छ। 

काठमाडौं- आईएमएस ग्रुपले नेपाली बजारमा ल्याएको लिनियरफ्लक्स हाइपरसोनिक वायरलेस हेडफोन, एनर्जाइजर पावरबैंक तथा क्रेन ह्युमिडिफायर/एयर प्युरिफायरमा पनि दसैँ अफर लागू हुने भएको छ। 

दसैँ अफरमा स्मार्टडोकोलगायत अन्य ई-कमर्श साइट तथा आईएमएस लिटल स्माइल्स शोरुमाहरु दरवार मार्ग र सिटी सेन्टरमा यी सामानहरु १५ देखि २५ प्रतिशत छुट पाइने छ। 

यी उत्पादनहरु अनलाइनका साथसाथै अफलाइन बजारमासमेत उपलब्ध  हुने कम्पनीले जानकारी दिएको छ । आईएमएस ग्रुपले यी तीनवटै अमेरिकी ब्रान्डको नेपालका लागि आधिकारिक वितरकको जिम्मेवारी पाएको छ। 

लिनियरफ्लक्स हाइपरसोनिक हेडफोन

लिनियरफ्लक्स बिट्स (बाइ डा. ड्रे) तथा मोन्सटर प्रडक्ट्सका इन्जिनियरहरुद्वारा स्थापना गरिएको ट्रु वायरलेस, हाइपर डेफिनिशन तथा उत्कृष्ट अडियोको अनुभव प्रदान गर्ने अमेरिकी हेडफोन निर्माता ब्रान्ड हो।

यसको उत्पादन लिनियरफ्लक्स हाइपरसोनिक एक्टिभ लाइफस्टाइलका लागि तयार पारिएको हो। 

दुई रंगको नरम इयर टिप्सयुक्त यो इयरफोनले न्वाइज क्यान्सिल गरी बेस तथा अन्या डाइनामिकहरुको अनुभव स्पष्ट रुपमा गर्न मद्दत पुर्याउँछ। नेपालमा यो डिभाइस स्मार्टडोको, दराज तथा आईएमएसका लिटल स्माइल्स शोरुमहरुमा डिस्काउन्टपछि ९ हजार ९९० रुपैयाँमा पाइने छ।


प्रकाशित : शुक्रबार, असोज २२ २०७८०७:०९
प्रतिक्रिया दिनुहोस