शुक्रबार, असोज १२ गते २०८०    

चौधरी ग्रुपको सीजी एग्रोले भित्र्यायो नानो युरिया

के हो नानो युरिया?

images
चौधरी ग्रुपको सीजी एग्रोले भित्र्यायो नानो युरिया

सीजी ईफ्को नानो युरिया तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु फलफुल, औषधि बालीका साथै अन्य सबै बाली तथा बोटबिरुवामा छर्कन सकिने कम्पनीको दाबी छ।

images

काठमाडौं- चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रोले नानो युरिया मल भित्र्याएको छ। सीजी एग्रोले भारतीय कम्पनीले उत्पादन गरेको सीजी-ईफ्को ब्रान्डको नानो युरिया नेपाली बजारमा सार्वजनिक गरेको छ। 

images

काठमाडौंमा आयोजित कार्यक्रममा भारतका पूर्वरेल्वेमन्त्री सुरेश प्रभुको उपस्थितिमा तरल मल सार्वजनिक गरिएको हो।

images

नेपाली कृषि क्षेत्रमा काम गर्दै आएको सीजी एग्रोले कृषि उत्पादन बढाउन माटोको गुणस्तर सुधार्न, वातावरण प्रदूषण रोक्न, किसानको आम्दानी बढाउन, कृषिमा लागत घटाउन नानो युरिया ल्याइएको दाबी गरेको छ।

images

भारतीय सहकारी इन्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ लिमिटेडले उत्पादन गरेको नानो युरिया सीजी एग्रोले नेपालमा ल्याएको हो।

images

सीजी ईफ्को नानो युरिया तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु फलफुल, औषधि बालीका साथै अन्य सबै बाली तथा बोटबिरुवामा छर्कन सकिने कम्पनीको दाबी छ।

के हो नानो युरिया?

नानो प्रविधिबाट निर्मित मलले परम्परागत रासयनिक मलको मात्रा घटाउने, रिलिज प्रोफाइल सुधार गर्दै अवशोषण बढाउँदै दीगो रुपमा आर्थिक र वातावरणीय फाइदा गर्ने कम्पनीले जानकारी दिएको छ।

नानो प्रविधिमा आधारित नानो युरिया सुक्ष्म तरल मल हो। यसले विरुवाको उचित वृद्धि र विकासका लागि आवश्यक पर्ने प्रमुख पोषकतत्व नाइट्रोजन प्रदान गर्दछ। परम्परागत युरियाको तुलनामा नानो युरियालाई पातबाट छर्कने गरिन्छ।

परम्परागत दानादार युरियालाई माटोमा छर्ने गरिन्छ भने तरल नानो युरिया पानीमा मिसाएर बिरुवाको पातमा छर्कने गरिन्छ। झण्डै २-४ मिलिलिटर नानो युरियालाई एक लिटर पानीमा मिसाएर छर्नु पर्दछ।

विरुवाको वृद्धि हुने महत्वपूर्ण चरणहरूमा मल छर्किएपछि विरुवाका कोषहरूद्वारा चाडै सोस्ने गर्दछ। नानो युरिया साना कोषबाट अवशोषित हुने हुँदा दानादार युरियाभन्दा निकै प्रभावकारी मानिन्छ। नानो युरिया वातावरणमैत्री, परम्परागत युरियाभन्दा सस्तो, स्वस्थ वातावरण, माटोको गुणस्तर र बढी उत्पादनका लागि उपयुक्त हुनुका साथै यसको प्रयोगले माटो, हावा र पानीमा नकरात्मक प्रभाव नपर्ने कम्पनीको दाबी छ।

चौधरी ग्रुप तथा इफ्को इन्डियाबीच रणनीतिक साझेदारी

चौधरी ग्रुप तथा इफ्को इन्डियाबीच आइतबार रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ। यस साझेदारी नेपालमा नवीनतम कृषि प्रविधि र विकास ल्याउन (इफ्कोको समन्वयमा) केन्द्रित रहनेछ। साझेदारी पत्रमा चौधरी ग्रुप तथा इफ्को इन्डियाका प्रतिनिधिले हस्ताक्षर गरे। 

images

प्रकाशित : आइतबार, कात्तिक २७ २०७९०४:०३

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ