शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

जुम्लामा स्याउ उत्पादन बढ्यो, उचित मूल्य नपाएको किसानको गुनासो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २५ २०७९
images
जुम्लामा स्याउ उत्पादन बढ्यो, उचित मूल्य नपाएको किसानको गुनासो

चन्दननाथ नगरपालिका-८ जुम्लाका स्याउ व्यापारी धर्मसिंह कठायतले जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, नारायणगढ र काठमाडौंसम्म पुर्‍याए पनि उचित बजार मूल्य नपाएको गुनासो गरे। 

images
images

जुम्ला- स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ। जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दिए। उनका अनुसार गत आवमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो।

images
images
images

स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउदा चिन्तित बनेका छन्। हाल उत्पादित १८ हजार मेट्रिकटनमध्ये ९ हजार मेट्रिकटन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको छ। तर स्याउले उचित मूल्य नपाएको किसानहरुको भनाइ छ।

images
images

व्यवसायीहरुले मौसममा प्रतिकेजी ५० देखि ५५ रुपैयाँमा स्याउ खरिद गरी प्रतिकेजी ६७ देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका थिए। तर अहिले किसानहरु त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। 

images
images

चन्दननाथ नगरपालिका-८ जुम्लाका स्याउ व्यापारी धर्मसिंह कठायतले जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, नारायणगढ र काठमाडौंसम्म पुर्‍याए पनि उचित बजार मूल्य नपाएको गुनासो गरे। 

'मैले प्रतिकेजी ५० रुपैयाँमा स्याउ किनेर ढुवानी खर्चसहित प्रतिकेजी ६० रुपैयाँमा नेपालगञ्ज पुर्‍याएँ', उनले भने, 'तर प्रतिकेजी ३० रुपैयाँमा बिक्री गर्न बाध्य भएँ।' 

कोहलपुरमा शीतभण्डार नहुँदा स्याउको सुरक्षा हुन नसकेको र कुहिन दिनुभन्दा सस्तो भए पनि बेच्नैपर्ने बाध्यता आइलागेको उनको भनाइ छ। नाम चलेको जुम्लाको अर्गानिक स्याउ शीत भण्डारबाटै ल्याउँदा पनि मूल्य नपाउँदा आफू समस्यामा परेको कठायतले जनाए। जुम्लामा साउन, भदौ र असोजमा स्याउ टिप्न सुरु हुन्छ। तर कात्तिकपछि सिजन सकिन्छ।

यो बेमौसमी बेलामा समेत यसले राम्रो मूल्य पाउन नसकेको र उपभोक्तले पनि जुम्लामा उत्पादन हुने अर्गानिक स्याउको महत्व नबुझेको तातोपानी गाउँपालिका-२ जुम्लाका बीरेन्द्र डाँगीले बताए। मण्डीवालाले नै प्रतिकेजी ३० मा नदिए स्याउ नलिने भनेपछि अहिले फुटपाथमै बसेर फुटकर बेचिरहेको डाँगीको भनाइ छ। 

सिञ्जा गाउँपालिका-१ जुम्लाका कमल खत्रीको व्यथा पनि त्यस्तै छ। तीनै जनाले नेपालगञ्ज पुर्‍याएको १२ मेट्रिकटन स्याउले मूल्य नपाउँदा समस्यामा परिएको खत्रीको भनाइ छ। उनले भने, 'हामी नेपाली आफ्नो उत्पादनलाई हेला गरेर विषादी मिसाएका विदेशी वस्तुलाई चिल्लो देखेर त्यसैमा झुम्मिन्छौँ। यो नै हाम्रो ठूलो कमजोरी हो भन्ने अनुभूति भयो।' रासस


प्रकाशित : शुक्रबार, कात्तिक २५ २०७९१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend