शनिबार, चैत ३० गते २०८१    
शनिबार, चैत ३० २०८१
images
images

देशभरका ५ हजार ३ सय १८ विद्यालयमा पुग्यो इन्टरनेट 

images
सोमबार, कात्तिक २१ २०७९
images
images
देशभरका ५ हजार ३ सय १८ विद्यालयमा पुग्यो इन्टरनेट 

यो परियोजनामा पुगेको इन्टरनेट सुरुका दुई वर्ष सरकारी निकायका लागि नि:शुल्क हुने छ। त्यसपछि सेवाप्रदायकसँग सम्झौता गरी सेवा नवीकरण गर्नसक्ने छन्।

images
images

काठमाडौं- देशभरका ५ हजार ३ सय  १८ माध्यामिक विद्यालयमा इन्टरनेट जडान तथा सञ्चालन भएको छ। 

images
images

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार माध्यमिक विद्यालयमा इन्टरनेट सेवा विस्तारको लक्ष्यअनुसार सुरु भएको परियोजना सम्पन्न भएका छन्। सबै माध्यामिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान भएको छ। 

images
images

ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरी प्राधिकरणले यो आयोजना २०७५ सालदेखि नै अघि बढाएको थियो। 

images
images

५ अर्ब ६७ करोड रुपैयाँ खर्च गर्नेगरी प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट पहुँच नपुगेका ७०२ स्थानीय तहका ५ हजार ९ सय ३३ वडा, ५ हजार २२५ माध्यामिक विद्यालय र ४ हजार १६९ स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्नका लागि परियोजना अघि बढाएको थियो। 

यो परियोजनामा सबै सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार हालसम्म सम्झौता भएका सबै स्वास्थ्य संस्थामा इन्टरनेट जडान भएको छ। 

इन्टरनेट जडान भएर सञ्चालनमा आएपनि अझै १० वटा परियोजनामा मूल्यांकनको कार्य भइरहेको छ। भुक्तानीभन्दा पहिला मूल्यांकन गर्नुपर्ने व्यवस्थाअनुसार परामर्शदाताबाट मूल्यांकन भइरहेको प्राधिकरणले जानकारी दिएको छ। 

प्राधिकरणले परियोजना निर्माणको जिम्मा सेवाप्रदायकहरूलाई दिएको थियो। यसरी प्राधिकरणले बनाएको पूर्वाधार भने उनीहरूकै हुनेछ। तर त्यो परियोजनामा अरु सेवाप्रदायकले सेवा दिनसक्ने छन्। 

यो परियोजनामा पुगेको इन्टरनेट सुरुका दुई वर्ष सरकारी निकायका लागि नि:शुल्क हुने छ। त्यसपछि सेवाप्रदायकसँग सम्झौता गरी सेवा नवीकरण गर्नसक्ने छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म देशभरका ७ सय ८ स्थानीय तहका ५ हजार ९ सय ३३ वडा कार्यालयसम्म ब्रोडब्यान्ड इन्टरनेट जडान सम्पन्न भएको छ। 

प्राधिकरणका अनुसार देशभरका ४ हजार २४९ स्वास्थ्य संस्थामा पनि इन्टरनेट जडान भएको छ। यो परियोजना अन्तर्गत कूल १६ हजार २०८ ठाउँमा ब्रोडब्यान्ड इन्टरनेट जडान भएको छ। 


प्रकाशित : सोमबार, कात्तिक २१ २०७९०४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend