बिहीबार , वैशाख २० गते २०८१    
images
images

एक महिनामा भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

images
images
images
एक महिनामा भित्रिए ८८ हजारभन्दा बढी पर्यटक
images
images

काठमाडौं- सन् २०२२ को अक्टोबर महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ८८ हजारभन्दा बढी पुगेको छ।

images
images
images

अध्यागमन विभागका अनुसार अक्टोबर महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या ८८ हजार ५ सय ८२ रहेको छ।

images

अक्टोबर महिनामा सबैभन्दा बढी पर्यटक भारतका रहेका छन्। भारतबाट मात्रै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १६ हजार ९ सय १० रहेको छ।

images

यसैगरी दोस्रोमा अमिरकी पर्यटक रहेका छन्। अमेरिकाबाट ११ हजार ८ सय ५९ जना नेपाल भ्रमणमा आएका छन्।

images
images

अध्यागमन विभागका अनुसार सार्क देशहरुबाट २१ हजार २ सय ४१, सार्क देशबाहेकका एसियाबाट ६ हजार ८ सय ८१, युरोपबाट ३० हजार  ४ सय ९०, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट ४ हजार ३ सय २, मिडईस्टबाट १ हजार ९ सय ८६ र अमेरिकी मुलुकहरुबाट १३ हजार ५ सय ४१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

images

प्रकाशित : शुक्रबार, कात्तिक १८ २०७९०८:३०

प्रतिक्रिया दिनुहोस