शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

९ महिनामा ३ दर्जन ब्रान्डका ४१ सय विद्युतीय स्कुटर आयात, कुन ब्रान्डको कति?

ब्रान्ड संख्याअनुसार बढ्न सकेन विद्युतीयको बजार हिस्सा

images
images
images
९ महिनामा ३ दर्जन ब्रान्डका ४१ सय विद्युतीय स्कुटर आयात, कुन ब्रान्डको कति?

नेपाल भित्रिएका ब्रान्डको तुलनामा यो संख्यामा ज्यादै न्यून हो। तर २०२२ को जनवरीदेखि सेप्टेम्बरसम्मको ९ महिनामा विद्युतीय स्कुटरको आयात २०२१ को तुलनामा करिब ३ गुणा बढेको तथ्यांक छ। 

images
images

काठमाडौं- नेपाल भित्रिएका ब्रान्ड संख्याका आधामा विद्युतीय स्कुटरको आयात ज्यादै न्यून रहेको छ। अघिल्ला वर्षहरूको तुलनामा भने २०२२ को नौ महिनामा विद्युतीय स्कुटरको आयात करिब तीन गुणा बढेको छ। 

images
images
images

२०२१ मा नेपाली बजारमा १ हजार ५ सय ५० वटामात्र विद्युतीय स्कुटर आयात भएको थियो। नेपाल भित्रिएका ब्रान्डको तुलनामा यो संख्यामा ज्यादै न्यून हो। तर २०२२ को जनवरीदेखि सेप्टेम्बरसम्मको ९ महिनामा विद्युतीय स्कुटरको आयात २०२१ को तुलनामा करिब ३ गुणा बढेको तथ्यांक छ। 

images

२०२२ को नौ महिनामा नेपाली बजारमा ४ हजार १ सय २१ वटा विद्युतीय स्कुटर आयात भएको छ। २०२२ मा ३२ वटाभन्दा बढी ब्रान्डका विद्युतीय स्कुटर आयात भएको भन्सार विभागको तथ्यांक छ। यी ब्रान्डका करिब १ सय मोडलका विद्युतीय स्कुटर बजारमा उपलब्ध रहेका छन्। 

images

नेपाली बजारमा सबैभन्दा बढी चिनियाँ र भारतीय ब्रान्डका विद्युतीय स्कुटर आयात हुँदै आएको छ। त्यस्तै केही ब्रान्ड जापान, कोरियालगायत मुलुकबाट आयात हुँदै आएको छ। सहरी यात्राका लागि उपयोगी भएको र विगतको तुलनामा शक्तिशाली स्कुटरहरू आएकाले यो युनिसेक्स सवारीका रुपमा स्थापित भइसकेको छ। तर विद्युतीय स्कुटरप्रति भने नेपाली उपभोक्ता अझै आकर्षित भइनसकेको आयातित ब्रान्ड र संख्याबीच नमिलेको तादतम्यले पुष्टि गर्छ। 

images
images

तथापी विद्युतीय स्कुटर विगतमा साना व्यवसायीले मात्र ल्याएकाले पनि उपभोक्ताले उतिसारो विश्वास गरिरहेका थिएनन्। पछिल्लो समय भने ठूला व्यावसायिक घरानाले पनि विद्युतीय स्कुटर ब्रान्ड ल्याएर बिक्री गर्न थालेसँगै घरानाप्रतिको विश्वास, उनीहरूले बनाउने सेल्स तथा सर्भिसको नेटवर्क आदिले विद्युतीय स्कुटरप्रति उपभोक्ता आकर्षित हुन थालेका छन्। 

साथै हाल दुईपांग्रे सवारी बिक्री गर्दै आएका होन्डा, बजाज, यामाहा, हिरो, टीभीएसलगायत ब्रान्डले विद्युतीय मोटरसाइकल तथा स्कुटर ल्याएपछि पनि यसको स्वीकार्य अझै बढ्दै जाने देखिन्छ। 

मुरारका समूह (सेग्वे)

मुरारका समूहले अमेरिकी कम्पनी सेग्वेको स्वामित्वमा रहेको चिनियाँ ब्रान्ड नाइनबोट/सेग्वेको विद्युतीय स्कुटर ल्याएको हो। मुरारका समूहले ओलीज स्टोरका सञ्चालकसँग सहकार्य गरेर उक्त ब्रान्डको स्कुटर ल्याएको हो। 

four bank.png

सेग्वेका विद्युतीय स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता मुरारका समूह र ओलिज् स्टोरको संयुक्त लगानीमा बनेको कम्पनी आई हव प्रालि रहेको छ। कम्पनीले सेग्वेका विभिन्न मोडलका विद्युतीय स्कुटर ल्याएको छ।  

चौधरी समूह (ओला)

four bank.png

भारतको चर्चित स्टार्टअफ दुई पांग्रे विद्युतीय सवारी ब्रान्ड ओला चौधरी समूहअन्तर्गको सीजी मोटरले ल्याउने गरि सम्झौता भइसकेको छ। सीजी मोटरले बिक्रीका लागि अबको केही समयमा ल्याउने बताएको भएपनि गएको असोजमा भएको नाडा ईभी एक्सपो २०२२ मा प्रदर्शनीका लागि ओलाका विद्युतीय स्कुटर राखेको थियो। 

लक्ष्मी समूह (हिरो इलेक्टिक)

यो अन्तर्गतको लक्ष्मी इमोबिलिटीले भारतीय कम्पनी हिरो इलेक्ट्रिकका विद्युतीय स्कुटर भित्र्याएको हो। कम्पनीले टेकूमा सोरुम स्थापना गरेर स्कुटरको औपचारिक बिक्री सुरु गरिसकेको छ।  

four bank.png

हिरो इलेक्ट्रिकका एनवाईएक्स, फोटोन र  सिंगल ब्याट्री र डबल ब्याट्रीको अप्टिमा गरि चार मोडलका विद्युतीय स्कुटर बिक्री हुँदै आएको छ। हिरोका विद्युतीय स्कुटर एक पटकको फुल चार्जमा ८२ देखि १ सय ६५ किलोमिटरसम्म कुदाउन सकिन्छ। 

आईएमई समूह (राफ्ट मोटर्स) 

आईएमई समूह अन्तर्गतको आईएमई मोटर्सले समेत विद्युतीय स्कुटर तथा मोटरसाइकल बिक्री सुरु गरेको छ। आईएमई मोटर्सले भारतको मुम्बईमा रहेको राफ्ट मोटर्ससँग आधिकारिक बिक्रेताका सम्झौता गरेको र बिक्रीका लागिसमेत राफ्टका विद्युतीय स्कुटर उपलब्ध गराइसकेको छ।

four bank.pngराफ्टका स्कुटर एकपटक फुल चार्ज गरेपछि ४ सय ८० किलोमिटरसम्म कुदाउन सक्ने दाबी कम्पनीले गरेको छ। राफ्ट मोटर्सले ९ मोडलका विद्युतीय स्कुटर र मोटरसाइकल सार्वजनिक गरिसकेको छ। राफ्ट मोटर्स २०१७ मार्चमा स्थापना भएको थियो। 

क्यालिबर ग्रुप (मिकू) 

क्यालिबर ग्रुपले नयाँ विद्युतीय मोटरसाइकल तथा स्कुटर ल्याएको हो। चिनियाँ ब्रान्ड मिकूका मोटरसाइकल तथा स्कुटर क्यालिबर ग्रुप अन्तर्गतको क्यालिबर अटो प्रालिले ल्याएको हो। यसअघि चिनियाँ ब्रान्ड डोहानका विद्युतीय स्कुटर र तीनपांग्रे सवारी आयात गरेर बिक्री गर्दै आएको छ। 

यीलगायत अन्य समूहहरूले पनि विभिन्न ब्रान्डका विद्युतीय सवारी ल्याउने योजना बनाइरहेका छन्। भविष्यको सवारी विद्युतीय नै भएकाले धेरैले ब्रान्ड होल्ड गर्ने र बिक्री सञ्जाल तयार गरेर अघि बढ्ने योजनामा रहेका छन्। 

यस्तो छ ब्रान्डअनुसार नेपाल भित्रिएका विद्युतीय स्कुटरको संख्या :

एनआईयू 

२०२१ मा ७६ 
२०२२ मा ५०४

टेल्जी

२०२१ मा ७५
२०२२ मा ३७०

याडिया

२०२१ मा ७५ 
२०२२ मा ५०२

ओकिनावा

२०२१ मा ४२४
२०२२ मा ८०

ओपाइ

२०२१ मा १४८
२०२२ मा १६७

लुयुयान

२०२१ मा ७३
२०२२ मा १९८

हिरो

२०२१ मा ३५ 
२०२२ मा ८०

इडंकी

२०२१ मा ७२ 
२०२२ मा शून्य

ईईभीई 

२०२१ मा ५
२०२२ मा शून्य

लेभनिङ

२०२१ मा २६३
२०२२ मा ५२

मियामा

२०२१ मा ३०
२०२२ मा शून्य

प्योर ईभी

२०२१ मा १८९
२०२२ मा ४३५

सेग्वे

२०२१ मा शून्य
२०२२ मा ३३५

गुवाङडोङ

२०२१ मा शून्य
२०२२ मा ५०

गेमोपाइ

२०२१ मा ३८
२०२२ मा ८०

एरोमा

२०२१ मा शून्य
२०२२ मा १२०

आहाना

२०२१ मा शून्य
२०२२ मा २५५

एक्सरभल

२०२१ मा शून्य
२०२२ मा ४०

मिकू

२०२१ मा शून्य
२०२२ मा २४

रेयमोटर्स

२०२१ मा शून्य
२०२२ मा ४०

आइमा

२०२१ मा शून्य 
२०२२ मा ७२ 

ईभीट्रिक

२०२१ मा शून्य
२०२२ मा ४

एम्पेयर

२०२१ मा शून्य
२०२२ मा ४०

फेङचेङ

२०२१ मा शून्य
२०२२ मा ४

आर्चर

२०२१ मा शून्य
२०२२ मा ५

कोमाकी

२०२१ मा शून्य
२०२२ मा २७६

सुपर सोको

२०२१ मा ८
२०२२ मा शून्य

जेटी 

२०२१ मा शून्य
२०२२ मा २

जोय

२०२१ मा शून्य
२०२२ मा ३६

पावरहगस्

२०२१ मा शून्य
२०२२ मा २०

राफ्ट

२०२१ मा शून्य
२०२२ मा १२

दोहान

२०२१ मा शून्य 
२०२२ मा ६५ 

अनएसेम्बल्ड अवस्थाका विद्युतीय स्कुटर २ सय ५२ वटा आयात भएको छ। २०२१ अघि आएका कयौँ विद्युतीय स्कुटर अहिले पनि स्टकमा बिक्री भइरहेको छ। अन्य करिब आधा दर्जन विद्युतीय स्कुटर बिक्रीका लागि नेपाल भित्रिएको वा भित्रने क्रममा रहेका छन्। 

images

प्रकाशित : बुधबार, कात्तिक १६ २०७९०३:५४

प्रतिक्रिया दिनुहोस