शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

२६ मध्ये नाफा र सूचकले उत्कृष्ट देखिएका चार वाणिज्य बैंक, कुनको सेयर किन्दा के फाइदा?

images
बिहीबार , कात्तिक १७ २०७९
images
images
२६ मध्ये नाफा र सूचकले उत्कृष्ट देखिएका चार वाणिज्य बैंक, कुनको सेयर किन्दा के फाइदा?

ग्लोबल आइएमई बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट बैंकको २४.९२ रुपैयाँ र नबिल बैंकको २७.१ रुपैयाँ रहेको छ भने एनआईसी एसिया बैंकको प्रति सेयर आम्दानी ५९.६२ पैसा सहित अघि छ।

images
images

काठमाडौं- आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको वित्तीय विवरण २६ वटै बैंकको सार्वजनिक भइसकेको छ। २६ वाणिज्य बैंकमध्ये सर्वाधिक नाफा कमाउने एनआईसी एसिया बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक गरी ५ वटा वाणिज्य बैंकहरू रहेका छन्। 

images
images

पाँच मध्ये दोस्रो बजारमा  राष्ट्रिय वाणिज्य बैंक नरहेकोले चार वटा बैंकको मात्रै विश्लेषण यहाँ प्रस्तुत गरिएको छ। खासगरी दोस्रो बजारमा चार मध्ये कुन बैंकको सेयर खरिद गर्दा के फाइदा हुन सक्छ भन्ने विषय उल्लेख गरिएको छ। नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई गाभी गत असार २७ देखि एकीकृत कारोबार सुरु गरेको थियो भने ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू साथै नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल मर्जर प्रक्रियामा रहेका छन्।

images
images

चुक्ता पुँजी : ग्लोबल आइएमई बैंकको सबैभन्दा बढी २३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। नबिल बैंकको २२ अर्ब ८३ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट बैंकको १८ अर्ब ३० करोड रुपैयाँ र एनआईसी एसिया बैंकको ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ।

images
images

निक्षेप संकलन : ३ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप नबिल बैंक निक्षेप संकलनमा अगाडि रहेको छ भने एनआईसी एसिया बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैंकले २ खर्ब ७९ अर्ब रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैंकले १ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
 
कर्जा लगानी : नेपाल इन्भेष्टमेण्ट बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ, एनआईसी एसिया बैंकले २ खर्ब ५९ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैंकले २ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् भने नबिल बैंकले ३ खर्ब ५ अर्ब रुपैयाँ  कर्जा लगानी गर्दै कर्जा लगानीमा अघि रहेको छ।
 
खुद ब्याज आम्दानी : नबिलले व्यवसाय विस्तारबाट सबै भन्दा बढी ३ अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै एनआईसी एसिया बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ३ अर्ब २० करोड रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैंकले २ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्।
 
नाफा : एनआईसी एशिया बैंकले सबै भन्दा बढी १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ भने नबिल बैंकले १ अर्ब ५७ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले १ अर्ब १८ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ।
 
जगेडा कोष : नबिल बैंकको जगेडा कोषमा २७ अर्ब ५१ करोड रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको १५ अर्ब ९ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको ११ अर्ब ५९ करोड रुपैयाँ र एनआईसी एसिया बैंकको ११ अर्ब १ करोड रुपैयाँ रहेको छ।
 
सञ्चित मुनाफा : एनआईसी एशिया बैंकको सञ्चित मुनाफा ४ अर्ब २० करोड रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंकको ३ अर्ब ४५ करोड रुपैयाँ, नबिल बैंकको २ अर्ब ९१ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैंकको १ अर्ब ८० करोड रुपैयाँ रहेको छ।
 
वितरण योग्य मुनाफा : एनआईसी एशिया बैंकको सबै भन्दा बढी ४ अर्ब २० करोड रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ भने ग्लोबल आइएमई बैंकको ३ अर्ब ४५ करोड रुपैयाँ, नबिल बैंकको २ अर्ब ९१ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैंकको १ अर्ब ८० करोड रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ।
 
निष्कृय कर्जा : एनआईसी एशिया बैंकको निष्कृय कर्जा सबै भन्दा कम ०.५९ प्रतिशत देखिन्छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको १.५७ प्रतिशत, ग्लोबल आइएमई बैंकको २.१० प्रतिशत, नबिल बैंकको २.३३ प्रतिशत निष्कृय कर्जा रहेको छ। 
 
सेयर आम्दानी : ग्लोबल आइएमई बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट बैंकको २४.९२ रुपैयाँ र नबिल बैंकको २७.१ रुपैयाँ रहेको छ भने एनआईसी एसिया बैंकको प्रति सेयर आम्दानी ५९.६२ पैसा सहित अघि छ।

मूल्य आम्दानी अनुपात : एनआईसी एशिया बैंकको मूल्य आम्दानी अनुपात १०.२३ गुणा, नेपाल इन्भेष्टमेण्ट बैङ्कको १०.६३ गुणा र ग्लोबल आइएमई बैंकको १२.५७ गुणा छ भने नबिल बैंकको मूल्य आम्दानी अनुपात २९.३९ गुणा रहेको छ। 


प्रकाशित : बिहीबार , कात्तिक १७ २०७९०१:२५
  • सम्बन्धित विषय:

  • # bank
  • # nabil bank
  • # globalimebank
  • # nicasia
  • # nibl


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend