शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

एमालेले घोषणा गर्‍यो आधा दर्जन वितरणमुखी योजना

मंगलबार, कात्तिक १५ २०७९
एमालेले घोषणा गर्‍यो आधा दर्जन वितरणमुखी योजना

यसैगरी एमालले सिँचाइलाई वर्षायामको बिजुली महसुलमा ५० प्रतिशत र हिउँदमा २५ प्रतिशत छुट दिने घोषण पत्रामा उल्लेख गरेको हो

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालले प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन घोषण पत्र सार्वजनिक गरेको छ।

एमालले २ वर्षभित्र सबै जनसंख्यालाई विद्युतको पहुँच पुर्‍याउने र ग्राहस्थ उपभोगमा वर्षायाममा ५० युनिट र हिउँदमा ३० युनिटसम्म नि:शुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ।

यसैगरी एमालले सिँचाइलाई वर्षायामको बिजुली महसुलमा ५० प्रतिशत र हिउँदमा २५ प्रतिशत छुट दिने घोषण पत्रामा उल्लेख गरेको हो।

एमाललेले जनतलाई घोषण पत्र मार्फत दिने उपहार

- सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बढाउने।

- मजदुरको तलब न्युनतमा २५ हजार पुर्‍याउने।

- पाँच वर्षभित्र जेष्ठ नागरिक, दलित, एकल महिला, अपाङगता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने।

- सुरक्षित महिनावारी कार्यक्रमका लागि महिनावारी हुने उमेर समुहका महिलालाई वार्षिक १५ सय रुपैयाँ भत्ता दिने।

- ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको नि:शुल्क आपत्कालीन उद्धार गर्न हवाई एम्बुलेन्स र एम्बुलेन्स व्यवस्था गरिने।

- विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, सपिङ कम्प्लेक्स लगायतका सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलहरुमाा ब्रोडब्यान्ड इन्टरनेट सुविधा नि:शुल्क गरिने।


प्रकाशित : मंगलबार, कात्तिक १५ २०७९०९:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend