बुधबार, कात्तिक १४ गते २०८१    
images
images

धानबाली जोगाउन रातभरी जाग्राम

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ७ २०७९
images
images
धानबाली जोगाउन रातभरी जाग्राम
फाइल तस्बिर

भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने सानो तर अति सम्वेदनशिल क्षेत्र खाता जैविक मार्ग छेउछाउ बसोवास गर्ने बासिन्दा जङ्गली वन्यजन्तुबाट वर्षौदेखि पीडित हुँदै आएका छन्।

images
images

बर्दिया- बर्दियाको मधुवन नगरपालिकाका कृषक आफ्नो धानबाली जोगाउन रातभरी मचानमा जाग्राम बस्ने गरेका छन्। गाउँको पूर्वतर्फ ओराही सामुदायिक वनको घना जङ्गल, पश्चिमतर्फ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, उत्तरतर्फ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र  र दक्षिणतर्फ भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको बीचमा करिब ८ सय बिघा आवादी जग्गा छ।

images
images
images

मधुवन नगरपालिका-१,२ र ३ मा रहेको भग्रैया, पथ्थरबोझी, कैलासी, बड्की टडुवा, छोट्की टडुवा, रजवारा र कुसुम्मा गाउँका बासिन्दालाई अहिले धान बाली जोगाउने चिन्ता छ।

images

उनीहरु निरन्तर गाउँको खेतमा मचान बनाएर रातभर जाग्राम बस्छन्। करिब ८०० बिघा जग्गामा लागाइएको धान जोगाउन अग्ला रुखमा किसानले काठका मचान बनाएका छन्। 

images

हरेक वर्ष जङ्गली हात्ती, चित्तल, बँदेल, गैंडा र बादरजस्ता वन्यजन्तुले धान खाई नष्ट गर्ने भएकाले बाली लगाएदेखि नकाटेसम्म मचान बनाएर कुर्ने गरिएको स्थानीय घनश्याम भारतीले बताए। हाम्रो यो वार्षिक तालिका जस्तै छ, रोपाइँ गरेर बाली नकाटेसम्म हामी राति मचानमा जाग्राम बस्छौँ । तीन वटा मचान अग्लो रुखमा र काठबाट बनाइएको छ।

तीन हप्तायता जङ्गली हात्तीको समूह निकै सक्रिय भई  दिउँसो र राति आउने गरेकाले हामीले पनि कुर्ने क्रम बढाएको उनको भनाइ थियो।

अर्का स्थानीयवासी सुन्दर थारुले हरेक वर्ष वन्यजन्तुले बालीनाली नष्ट गर्दा आफूले आधा बाली मात्र पाउने गरेको उनको गुनासो थियो। 'वर्षेनी यो अवस्था हाम्रा लागि नियतिजस्तै बनेको छ। रोपाइँ गरे पछि हामी मचान मर्मत गरी  तयार पाछौँ। हाम्रो बास मचान मै हुन्छ, बाली नकाटेसम्म, मचानमै हामीले आवश्यक पर्ने खानेकुरा पानी, टर्चलाइट, राँको, मोबाईलदेखि ओछ्यान र झुलसमेतको ब्यवस्था गरेको हुन्छौँ,' सुन्दरले भने। 

मचानमा एक्लै राति समय बिताउन गाह्रो हुने भएकाले गाउँले साथीभाइ, केटाकेटी, वृद्ध र महिलासमेत मिलेर बस्ने गरेको उनले बताए। एकजना मात्रै जाग्राम बस्न गाह्रो हुने भएकाले तीन जनासम्म पालैपालो जाग्राम बसेर धानबाली कुर्ने गरेका छौँ।

अर्का स्थानीयवासी धनीराम चौधरीले भने, 'हरेक वर्ष जङ्गली हात्तीले हाम्रो बाली खाई नष्ट गरिदिन्छ। जङ्गली  हात्ती आएमा विभिन्न सङ्घसंस्थाले हामीलाई साईरन (लाउडिस्पिकर) दिएको छ। त्यस साईरनमार्फत हामी गाउँलेलाई कुन क्षेत्रमा हात्ती आएको छ भनी सतर्क गराइ एक ठाउँमा जम्मा भएर हात्ती धपाउने काम गर्छौँ र पालैपालो रातभर जाग्राम बसी आफ्नो बालीनाली जङ्गली वन्यजन्तुबाट सुरक्षा गदै आएका छौँ। एकदिन मात्रै जङ्गली हात्ती नआए पनि निन्द्रासमेत लाग्दैन, यो हाम्रो नियमित काम जस्तै भएको  छ।' 

भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने सानो तर अति सम्वेदनशिल क्षेत्र खाता जैविक मार्ग छेउछाउ बसोवास गर्ने बासिन्दा जङ्गली वन्यजन्तुबाट वर्षौदेखि पीडित हुँदै आएका छन्। यस जैविक मार्ग आसपास  क्षेत्रमा करिब छ हजार ५०० घरधुरी छ भने लगभग २५ हजार जनसङ्ख्या छ। पैँसठ्ठी प्रतिशत घरधुरी रैथाने आदिवासी थारु जातीको बाहुल्यता रहेको छ। रासस


प्रकाशित : सोमबार, कात्तिक ७ २०७९०७:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend