सोमबार, जेठ ७ गते २०८१    
images
images
नेपाल-अमेरिका व्यापार र लगानीबारे काठमाडौंमा छलफल

नेपालमा कार्यरत कम्पनी 'पूर्णा'लाई अमेरिकाकै प्रतिष्ठित पुरस्कार

images
शुक्रबार, साउन १३ २०७९
images
images
नेपालमा कार्यरत कम्पनी 'पूर्णा'लाई अमेरिकाकै प्रतिष्ठित पुरस्कार
images
images

काठमाडौं- अमेरिकी दूतावासले नेपाल अमेरिका चेम्बर अफ कमर्ससँगको सहकार्यमा नेपालमा व्यापार र लगानीका विषयमा सरकारवालाबीच बहस कार्यक्रम गरेको छ।

images
images
images

बिहीबार दूतावासले सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू सँग नेपालमा दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्ने सवालमा गरिएको कार्याशाला आयोजना गरेको हो। कार्यक्रमा सहभागीहरूले नेपालको दिगो आर्थिक विकासमा व्यापार तथा लगानीको योगदानबारे चर्चा गरेका थिए।‌

images

 कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले विदेशी लगानी सम्बन्धी नीतिहरूलाई उदार बनाएको बताए। नेपालले लगानी सम्बन्धी धेरै कानूनहरू संशोधन गरेको उनको भनाइ थियो।‌

images
images

'अमेरिकी लगानीकर्तालाई यहाँ आएर लगानी गर्न र यहाँको विकास प्रकियामा सहभागी हुन म अनुरोध गर्दछु', उनले भने। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले नेपालमा औद्योगिक वातावरण सहज बनाइएको बताए।

images
images

अमेरिकाका कार्यवाहक राजदूत म्यानुएल मिकल्लेरले नेपालको आर्थिक वृद्धि र व्यवसायको विकास अमेरिकाको प्राथमिकता रहेको बताए। 'अन्य मुलुकमा जस्तै नेपालमा पनि निजी क्षेत्र आर्थिक विकासको मुख्य संवाहक हो,' उनले भने, 'निजी क्षेत्रले रोजगारी सृजना गर्छ, र राष्ट्रिय उत्पादनमा सबैभन्दा बढी योगदान गर्छ।'

आफूले नेपालमा अझै बढी अमेरिकी कम्पनी, अमेरिकी लगानी र अमेरिकी उत्पादन देख्न चाहेको उनले बताए। 'त्यसले नेपाल र अमेरिका दुवै तर्फ रोजगारी सृजना गर्छ,' उनले भने। 

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरू, विकास एजेन्सीहरू, थिंक ट्याङ्कहरू र सरकारी अधिकारीहरू सहभागि भएका थिए।

कार्यक्रममा नेपालमा भर्खरै स्थापना भएको अमेरिकी चेम्बर अफ कमर्स (एमचाम)ले दुई मुलुकबीचको व्यापार तथा लगानी सम्बन्धका बारेमा गरिरहेको कामका विषयमा पनि चर्चा गरिएको थियो। नेपाल उद्योग वाणिज्य महासंघष नेपाल उद्योग परिसंघ तथा नेपाल अमेरिका उद्योग वाणिज्य संघका प्रतिनिधिसँगै एमचामका अध्यक्ष अजित शाहले नेपालमा काम गरिरहेका अमेरिकी लगानीका बारेमा मन्तव्य राखेका थिए।

पूर्णालाई अमेरिकी विदेशमन्त्रीले दिने 'अवार्ड फर कर्पोरेट एक्सिलेन्स'

सोही अवसरमा मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालमा कार्यरत अमेरिकी कम्पनी 'पूर्णा'लाई अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स (एसीई) हस्तान्तरण गरेका थिए।

नेपालमा परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गर्ने कम्पनी पूर्णाले अमेरिकी सरकारले दिने प्रतिष्ठित पुरस्कार पाउन सफल भएको हो।


प्रकाशित : शुक्रबार, साउन १३ २०७९०३:५६
  • सम्बन्धित विषय:

  • # USA
  • # US Embassy
  • # Purnaa
  • # Donald Lu


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend