मंगलबार, जेठ ८ गते २०८१    
images
images

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजना पक्राउ, हुन्डी र सुन कारोबारमा संलग्न

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २८ २०८१
images
images
स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजना पक्राउ, हुन्डी र सुन कारोबारमा संलग्न

प्रहरीले उनीहरुको साथबाट नगद ९८ लाख रुपैयाँ तथा बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडीसमेत बरामद गरेको छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरी आज शुक्रबार सार्वजनिक गरेको छ।

images
images
images

पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका-७ बस्ने २८ वर्षीय समिर सुनार तथा सोही ठाउँका २९ वर्षीय मिलन बिक रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

images

उनले भने, 'दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा बिहीबार उनीहरु पक्राउ परेका हुन्। पक्राउ परेकाहरु हुन्डी एवं सुन कारोबारमा पनि संलग्न रहेको हाम्रो प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ।'

images
images

प्रहरीले उनीहरुको साथबाट नगद ९८ लाख रुपैयाँ तथा बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडीसमेत बरामद गरेको जानकारी दिइयो। 

images
images

पक्राउ परेका २९ वर्र्षीय मिलन बिक यसअघि २०८० असोज १० गतेमा दोलखामा साढे ११ केजी अबैध सुन पैठारी तथा संलग्नमा पक्राउ पुर्जी जारी भइ फरार भएको र निजको सम्पत्ति शुद्धीकरणमा समेत मुद्धा अनुसन्धानमा रहेको खुल्न आएको प्रमुख भट्टराईले बताए।

पक्राउ परेकाहरु विगत दुई वर्षयता आपराधिक गतिविधिमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरुलाई हुण्डिसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइने जनाइएको छ। 


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८१०१:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend