सोमबार, जेठ ७ गते २०८१    
images
images

सुनको मूल्य उच्च बिन्दुमै स्थिर, चाँदीको घट्यो

images
बुधबार, वैशाख ५ २०८१
images
images
सुनको मूल्य उच्च बिन्दुमै स्थिर, चाँदीको घट्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेको छ।

images
images

काठमाडौं- नेपाली बजारमा पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य बुधबार स्थिर रहेको छ।

images
images
images

यो साता मंगलबार तोलामा १७ सय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य बुधबार भने स्थिर रहेको हो।

images

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार दुईसय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँ तोकिएको छ। सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

images
images

यो साता आइतबार एकैदिन प्रतितोला २२ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ७ सय रूपैयाँले बढेको थियो।

images
images

चाँदीको मूल्य भने आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज तोलामा ३५ रूपैयाँले घटेर प्रतितोला एक हजार सातसय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार ५० रूपैयाँले घटेर सोमबार १५ रूपैयाँले बढेको चाँदीको मूल्य मंगलबार पनि तोलामा ३५ रूपैयाँले बढेको थियो।


प्रकाशित : बुधबार, वैशाख ५ २०८१११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend