सोमबार, जेठ ७ गते २०८१    
images
images

सुनको मूल्यमा लगातार रेकर्ड, पाँच दिनमा चारहजारले बढ्यो

images
बिहीबार , चैत २२ २०८०
images
images
सुनको मूल्यमा लगातार रेकर्ड, पाँच दिनमा चारहजारले बढ्यो

बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजार रूपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको छ भने चाँदी पनि महँगिएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ। यो साता सोमबार र बुधबार रेकर्ड बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार पनि प्रतितोला एक हजार रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

images
images
images

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार ३ सय ५० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images

यो साता पाँच दिनमा सुनको मूल्य चारहजार रूपैयाले वृद्धि भएको हो। आइतबार स्थिर रहेर सोमबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य मंगलबार भने प्रतितोला चारसय रूपैयाँले घटेको थियो।

images
images

बुधबार पुन: सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३३ हजार रूपैयाँ कायम थियो।

images
images

चाँदीको मूल्य पनि लगातार वृद्धि भइरहेको छ। सोमबार र मंगलबार प्रतितोला १०-१० रूपैयाँले बढेर बुधबार प्रतितोला ६५ रूपैयाँले महँगिएको चाँदीको मूल्य बिहीबार प्रतितोला ४० रूपैयाँले बढेको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , चैत २२ २०८०११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend