सोमबार, जेठ ७ गते २०८१    
images
images

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, चाँदीको बढ्यो

images
मंगलबार, चैत २० २०८०
images
images
उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, चाँदीको बढ्यो

मंगलबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घट्दा चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँले बढेको छ।

images
images

काठमाडौं- नेपाली बजारमा यो साता आइतबार स्थिर रहेर सोमबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य मंगलबार घटेको छ। मंगलबार सुन प्रतितोला चारसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images
images

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३१ हजार दुईसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३० हजार पाँचसय ५० रूपैयाँ कायम छ।

images

चाँदीको मूल्य भने आज पनि बढेको छ। आइतबार स्थिर रहेर सोमबार प्रतितोला १० रूपैयाँले बढेको चाँदी मंगलबार पनि प्रतितोला १० रूपैयाँले महँगिएको हो। चाँदी आज प्रतितोला एक हजार पाँचसय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

images
images


प्रकाशित : मंगलबार, चैत २० २०८०११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend