सोमबार, जेठ ७ गते २०८१    
images
images

तोलामा ८ सयले बढ्यो सुनको मूल्य

images
बिहीबार , चैत १ २०८०
images
images
तोलामा ८ सयले बढ्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला ५० रूपैयाँले महँगिएको छ।

images
images

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। यो साता आइतबार उच्च बिन्दुमा पुगेर सोमबार र मंगलबार स्थिर रही बुधबार प्रतितोला एकहजार रूपैयाँले घटेको सुनको मूल्य बिहीबार पुन: बढेको हो। 

images
images
images

प्रतितोला ८ सय रूपैयाँले बढेर बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ८ सय रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार दुईसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images

बिहीबार चाँदीको मूल्य ५० रूपैयाँले बढेर प्रतितोला एक हजार ५ सय १० रूपैयाँ पुगेको छ।

images
images

मंगलबार प्रतितोला १० रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार २० रूपैयाँले घटेको थियो।

images
images


प्रकाशित : बिहीबार , चैत १ २०८०११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend