सोमबार, जेठ ७ गते २०८१    
images
images

ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा

images
बुधबार, फागुन ३० २०८०
images
images
ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा

नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा आएसँगै बैंकको एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

images
images
images

सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। 
योसँगै बैंकको एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ।

images

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्सको सुविधालगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ।

images
images

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको बैंकले ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

images
images


प्रकाशित : बुधबार, फागुन ३० २०८००६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend