सोमबार, जेठ ७ गते २०८१    
images
images

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको?

images
बिहीबार , फागुन २४ २०८०
images
images
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको?

बिहीबार सुनको मूल्य प्रतितोला १५ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले वृद्धि भएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रूपैयाँ पुगेको छ।

images
images
images

मंगलबार दुई हजार र बुधबार तोलामा पाँचसय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला १५ सय रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यस्तै तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख २४ हजार चारसय रूपैयाँ कायम छ।

images

यो साता मंगलबार र बुधबार दुवै दिन सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको थियो। मंगलबार प्रतितोला एक लाख २३ हजार  र बुधबार सुन प्रतितोला एक लाख २३ हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो।

images
images

चाँदीको मूल्य पनि बिहीबार बढेको छ। मंगलबार प्रतितोला ३५ रूपैयाँले बढेर बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको चाँदीको मूल्य बिहीबार प्रतितोला ३० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चारसय ७० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , फागुन २४ २०८०११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend