सोमबार, जेठ ७ गते २०८१    
images
images
बीवाईडीमा साइमेक्सको करछली

भन्सारको कारबाहीपछि राजस्व अनुसन्धान र आन्तरिक राजस्वले थाले थप अनुसन्धान

images
आइतबार, पुस २२ २०८०
images
images
भन्सारको कारबाहीपछि राजस्व अनुसन्धान र आन्तरिक राजस्वले थाले थप अनुसन्धान

भन्सारको पाटोबाट छली भएको कर तथा जरिबाना असुल गर्ने निर्णय भइसकेकाले अन्य पक्षको अनुसन्धानका लागि राजस्व अनुसन्धान र आन्तरिक राजस्व विभाग आकर्षित भएको छ।

images
images

काठमाडौं- चिनियाँ विद्युतीय कार निर्माता बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले करछली गरेको पुष्टि गरेर भन्सार विभागले छली भएको कर र जरिबाना असुल्ने निर्णय गरिसकेको छ। भन्सारले साइमेक्सबाट सवा करोड रुपैयाँ असुल गर्न पत्र काटिसकेको छ। 

images
images
images

भन्सारले आफ्नोतर्फबाट आयातको प्रत्यक्ष कागजातका आधारमा अनुसन्धान गरेर कारबाही गरेपछि बीवाईडी आयातकर्ता साइमेक्सको बदमासीका अन्य पाटाहरू देखिएकाले अनुसन्धानका लागि दुई निकायलाई पत्राचार गरेको छ। भन्सार विभागले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागलाई पत्र काटेको हो। 

images

आफूले गरेको अनुसन्धानबाट बीवाईडी बिक्रेता साइमेक्स इंकले बदनीयतपूर्ण तबरमा करछली गरेको पाइएपछि बीवाईडीका सबै आयातको अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागलाई भनिएको भन्सार विभागले जनाएको छ।

images
images

त्यस्तै बीवाईडी ई सिक्समा सवा करोड रुपैयाँ करछली गरेकाले त्यसपछिको साइमेक्सको कर विवरण अनुसन्धान गर्न आन्तिरिक राजस्व विभागलाई पत्राचार गरिएको भन्सार विभागको भनाइ छ। 

images
images

भन्सार विभागअन्तर्गतको कार्यालयले गरेको अनुसन्धानबाट साइमेक्सले बीवाईडीको कार आयात गर्दा करछली गरेको पाइएपछि आफूहरूले त्यससँग प्रत्यक्ष सरोकार राख्ने दुई विभाग आईआरडी र डीआरआईलाई थप अनुसन्धान गर्न भनेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए। 

‘भन्सारले गरेको अनुसन्धानबाट करछली भएको प्रमाणित भएपछि बीवाईडी आयातकर्ता साइमेक्सबारे थप अनुसन्धानका लागि हामीले दुई नियका आईआरडी र डीआरआईलाई भनेका छौँ,’ पौडेलले भने।

भन्सारको पाटोबाट छली भएको कर तथा जरिबाना असुल गर्ने निर्णय भइसकेकाले अन्य पक्षको अनुसन्धानका लागि राजस्व अनुसन्धान र आन्तरिक राजस्व विभाग आकर्षित भएको उनको भनाइ छ। 

साइमेक्सले सन् २०२१/२२ मा आयात गरेको २० वटा ई सिक्समा करछली गरेको पुष्टि भएको हो। भन्सार जाँचपास परीक्षण कार्यालयले साइमेक्सलाई थप कर निर्धारण गरी जरिबानासमेत लगाएर पत्र पठाइसकेको छ। 

बदनियतपूर्ण ढंगले करछली गर्ने र उपभोक्तासँग अधिक नाफा लिएर कार बिक्री गर्ने साइमेक्स इंकमाथि अब वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समेत अनुसन्धान गरेर कारबाही गर्नुपर्ने सरकारी अधिकारीहरू बताउँछन्। कर छलेको पुष्टि भएसँगै साइमेक्सले उपभोक्तासँग चर्को नाफा लिएको विषय छानबीन गर्न वाणिज्य विगभालाई थप दबाब परेको हो। 

सरकारले विद्युतीय सवारीमा दिएको कर छुटको सुविधामाथि मजाक गर्दै साइमेक्सले ईभीमै करछली गरेको हो। विगतमा मात्र होइन पछिल्लो समय आयात भइरहेका बीवाईडीका एटो थ्री र डलफिन आयातमा समेत साइमेक्सले बदनियत राखेकोबारे बिजनेस न्युजले समाचार प्रकाशित गरिसकेको छ।

साइमेक्सको यस्तो हर्कतमा चिनियाँ कम्पनी बीवाईडी अटो इन्डस्ट्रीकै संलग्नता रहेको अनुमान गरिएको छ। बीवाईडीका दुईजना प्रतिनिधि साइमेक्स इंकको दैनिक रिपोर्टिङ हेर्न खटाएको छ। 

उपभोक्तासँग लिएको अधिक नाफा

साइमेक्स इंकले एउटै सवारीमा अस्वभाविक नाफा लिएको पाइएको थियो। कम्पनीले भन्सार जाँचपास गरिसक्दा करिब २२ लाख रुपैयाँ परेको विद्युतीय कारको बिक्री मूल्य ५० लाख रुपैयाँ कायम गरेर ५ लाख रुपैयाँ छुट दिँदै ४५ लाख रुपैयाँमा बिक्री गरेको पाइएको हो। 

साइमेक्सले एमआरपीमा एउटै कारमा २८ लाख र छुटपछिको मूल्यमा २३ लाख रुपैयाँ नाफा राखेर बिक्री गरेको बारे बिजनेस न्युजले समाचार प्रकाशित गरेको थियो। साइमेक्सले बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडबाट बीवाईडी ई सिक्स विद्युतीय कार सन् २०२१ सेप्टेम्बर २ तारिखमा १० हजार अमेरिकी डलरमा खरिद गरेको थियो। 

साइमेक्स इंकले चीनबाट आयात गरेको ई सिक्स विद्युतीय कारको मूल्य निर्धारण गर्दा हुँदै नहुने खर्चका शीर्षक र हुनेमा दोबरभन्दा बढी खर्च देखाएको पाइएको थियो। कार खरिद गरेको सक्कली बिजक पेश गरेपछि भाडा, बीमालगायतका खर्चको विवरण भने आयातकर्ताले जति देखायो त्यति नै (स्वघोषणा) कायम हुने गरेको छ। 

करका विषयमा भन्सारमात्र होइन राजस्व अनुसन्धान र आन्तरिक राजस्व विभागले समेत अनुसन्धान थालेकाले अब वाणिज्य विभागले पनि उपभोक्ताबाट अधिक नाफा लिएको बारेमा छानबीन गरेर कारबाही गर्नुपर्ने भन्सारका एक अधिकृतले बताए। ‘वाणिज्य विभागले यतिबेलासम्म किन छानबीन सुरु गरेन? अनौठो लागि रहेको छ,’ ती अधिकृतले भने, ‘अब भन्सार विभागले नै वाणिज्यलाई छानबीन गरेर कारबाही गर्नु भनेर पत्र काट्नु पर्ने भयो।’ 

साइमेक्सले पछिल्लो समय आयात गरिरहेको बीवाईडी एटो थ्रीमा समेत लटैपिच्छे कम मूल्यमा ल्याएर करछली गरिरहेको बिजनेस न्युजले समाचार प्रकाशित गरेको थियो।

एकातिर आयातमा न्यून मूल्य कायम गरेर करछली गरिहेको छ भने कम मूल्यमा आयात गर्दा पनि उपभोक्ता मूल्य भने साइमेक्सले घटाएको छैन। यी दुवै बारे भन्सार विभागले अनुसन्धान सुरु गरिसकेको छ भने वाणिज्यले पनि अनुसन्धान सुरु गर्दैछ। 

बीवाईडीमा साइमेक्सको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्


प्रकाशित : आइतबार, पुस २२ २०८००४:२९
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend