सोमबार, जेठ ७ गते २०८१    
images
images

ह्वावे र आईटीयूबीचको सहकार्यले एसिया-प्रशान्त क्षेत्रको डिजिटल विकासमा आशाजनक यात्राको सुरुवात

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ४ २०८०
images
images
ह्वावे र आईटीयूबीचको सहकार्यले एसिया-प्रशान्त क्षेत्रको डिजिटल विकासमा आशाजनक यात्राको सुरुवात

समावेशी डिजिटल भविष्यका लागि एक्थबद्धता :  ह्वावे, आसियान फाउन्डेसन, र सीमइयो स्पटलाइट एसियाप्यासिफिककाइमर्जिंङ टेक लिडर्स ’सीड्स फर द फ्युचर समिट-२०२३

images
images

काठमाडौं- डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एसियाका शिक्षा मन्त्रीहरूको संगठन (सीमइयो) ले ’सिड्स फर द फ्युचर समिट-२०२३ को आयोजना गरेको छ।

images
images
images

ह्वावेको पहलमा एसिया-प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिको लागि’कनेक्ट, कल्टिभेट, कन्ट्रीब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसिया प्यासिफिक’ भन्ने नारालाई सार्थक बनाउन १९ एसिया प्यासिफिक देशका ९१ बहुप्रतिभाशाली सहभागीहरुले ‘सिड्स फर द फ्युचर समिट-२०२३’ मा भाग लिएका छन्।

images

नेपालका चार विजेताहरु कुल १९ देशहरुबाट ९१ सहभागीहरुसँग ’सीड्स फर द फ्युचर समिट २०२३’ मा सहभागी भएका छन्। यस शिखर सम्मेलनमा प्रविधि र सांस्कृतिक आदानप्रदान कार्यक्रम, ह्वावेको विश्व-स्तरीय अनुसन्धान र विकास केन्द्र र मुख्यालयहरूको भ्रमणका साथै  परम्परागत र आधुनिक चीनको अनुभव समावेश छ।

images
images

समिटको विषयवस्तुमा प्रकाश पार्दै ह्वावे एसिया प्यासिफिकका अध्यक्ष साइमनलिनले भने, 'ह्वावेले ’सिड्स फर द फ्युचर समिट’ आयोजना गरेको यो तेस्रो वर्ष हो। हरेक वर्ष, हामी केहीनयाँ, थप साझेदारहरू सामेल भएसँगै यस कार्यक्रम फस्टाएको देख्न सक्छौ,तथापियसमा साझेदारी, प्रतिबद्धता र युवा सशक्तिकरण गरि तीन कुराहरू अपरिवर्तित छन्।

images
images

शिखर सम्मेलनको मुख्यभागको रूपमा, ह्वावे र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) ले एसिया-प्रशान्त क्षेत्रहरूमा डिजिटल सहकार्यका छ वटा प्रमुख क्षेत्रहरू- आईसीटी नीति र नियमन, संयुक्त अनुसन्धान, समावेशीपूर्वाधार, डिजिटल क्षमतानिर्माण, युवा सशक्तिकरण र डिजिटल अभ्यास साझेदारीमा केन्द्रित रहदै संयुक्त घोषणा गरेका थिए।

कार्यक्रम आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. पिटी श्रीसंगनमको नेतृत्वमाप्यानल छलफलद्वारा समापन गरिएको थियो। कार्यक्रममा नेशनल युनिभर्सिटी अफसिङ्गापुरका विज्ञहरू, ह्वावे र ’सिड्स फर द फ्युचर’ का प्रतिनिधिहरू सम्मिलित प्यानलले डिजिटल सीपहरू प्रयोग गरेर यस क्षेत्रका भविष्यका नेतृत्वकर्ताहरुको डिजिटल कौशलको उपयोग गर्दै क्षमता अभिवृद्धि गर्ने र आजीवनयी कौशलको उपयोग गर्ने तरिकामा गहिरो प्रकाश परेको थियो।

यो प्रतिभाशिखर सम्मेलन, चीनको शेन्जेन र डोङगुआनमा ह्वावेको क्याम्पसको भ्रमणमा लगिएका ९१ विद्यार्थीहरूका लागि अद्भुतअनुभवको विस्तार हो। त्यहाँ, तिनीहरूले सूचना सिद्धान्त, डिजिटल शक्ति, अटोमोबाइल प्रविधिहरू र साइबर सुरक्षा जस्ता क्षेत्रहरूमा अद्वितीय अनुभवप्राप्त गरेका थिए। आसियान १०, दक्षिण कोरिया, जापान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, फिजी, सोलोमन टापुलगायतका देशहरूबाट सहभागी विद्यार्थीहरुलाई ह्वावे, आसियान फाउन्डेसन र आइटीयूद्वारा सामूहिक रूपमा चयन गरिएको थियो।

सीड्स फर द फ्युचर

’सीड्स फर द फ्युचर’ ह्वावेको पहलमा संचालितकार्यक्रमहो, जहाँभविष्यका डिजिटल क्षेत्रका नेतृत्वकर्ताहरुलाई प्रविधि र अन्तर-सांस्कृतिकअनुभवहरूका साथै टेक फर गुड परियोजनाहरू मार्फत सामाजिक समस्याहरूलाई सम्बोधन गर्न सहयोग प्रदान गर्ने लक्ष्यका साथ संचालित रहेको छ।


प्रकाशित : बिहीबार , असोज ४ २०८०१०:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend