सोमबार, जेठ ७ गते २०८१    
images
images

रोयल इनफिल्डको हन्टर ३५० सार्वजनिक, यस्तो छ मूल्य र विशेषता 

images
बुधबार, भदौ २७ २०८०
images
images
रोयल इनफिल्डको हन्टर ३५० सार्वजनिक, यस्तो छ मूल्य र विशेषता 

१ लाख वर्गफुट क्षेत्रफलमा वीरगञ्जमा रोयल इनफिल्डको एसेम्बल प्लान्ट रहेको छ। यो प्लान्टको वार्षिक २० हजार मोटरसाइकल उत्पादन क्षमता छ।

images
images

काठमाडौं- रोयल इनफिल्डको नयाँ मोटरसाइकल हन्टर सार्वजनिक भएको छ। नाडा अटो शो २०२३ को पहिलो दिन रोयल इनफिल्डको नयाँ मोटरसाइकल हन्टर ३५० सार्वजनिक भएको हो। 

images
images
images

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले हन्टर ३५० सार्वजनिक गरेको हो। अल्फाले ४ लाख ५९ हजार रूपैयाँ सुरूवाती मूल्यमा हन्टर ३५० सार्वजनिक गरेको हो भने यसको टप भेरियन्टको मूल्य ४ लाख ७९ हजार रूपैयाँ तोकिएको छ। योसँगै हन्टर ३५० रोयल इनफिल्डको सबैभन्दा कम मूल्यको मोटरसाइकल भएको छ।

images

हन्टर ३५० रेट्रो, हन्टर मेट्रो गरी दुई भेरियन्टमा विभन्न कलर अप्सन उपलब्ध छ। हन्टर रेट्रो यसको वेस भेरियन्ट हो। यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक रहेको र बेस भेरियन्टमा बेसिक इन्स्ट्रुमेन्ट क्लस्टरमात्र छ। 

images
images

रोयल इनफिल्ड हन्टरमा पनि ३५० सीसी क्षमताकै इन्जिनमा उपलब्ध छ। कम्पनीले मेटियर ३५० कै समान प्लेटफर्ममा हन्टर ३५० उत्पादन गरेको जनाएको छ। रोयल इनफिल्डको नयाँ प्लेटर्फम जे सिरिजको इन्जिन हन्टर ३५० उत्पादान भएको हो। 

images
images

हन्टरमा रहेको ३४९ सीसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड इन्जिन छ। यसले अधिकतम ६१ सय आरपीएममा २०.२ हर्सपावर र ४ हजार आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्छ। यो इन्जिनमा ५ स्पीडको गियरबक्स रहेको छ। 

रोयल इनफिल्डका मोटरसाइकल नेपालमै एसेम्बल हुँदै आएका छन्। २०२३ जुनबाट सीकेडी आयात गरी अल्फा अटोमोटिभले रोयल इनफिल्डका मोटरसाइकल उत्पादन थालेको थियो। अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र थाइल्यान्डपछि नेपाल रोयल इनफिल्डको एसेम्बल प्लान्ट भएको पाँचौ देश हो। 

१ लाख वर्गफुट क्षेत्रफलमा वीरगञ्जमा रोयल इनफिल्डको एसेम्बल प्लान्ट रहेको छ। यो प्लान्टबाट वार्षिक २० हजार मोटरसाइकल उत्पादन क्षमता छ।

नाडा अटो शो २०२३ मा सार्वजनिक भएको हन्टर ३५० पनि सोही प्लान्टमा एसेम्बल भएको हो। योसँगै यसअघि क्लासिक ३५० र स्क्राम ४११ पनि सोही प्लान्टमा एसेम्बल भएका मोटरसाइकल नेपाली बजारमा बिक्री हुँदै आएका छन्। 


प्रकाशित : बुधबार, भदौ २७ २०८००६:१५
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend