सोमबार, जेठ ७ गते २०८१    
images
images

नाडामा डेल्टा अटोकर्पले सार्वजनिक गर्‍यो अप्रिलियाको नयाँ एसआर १६०

images
बुधबार, भदौ २७ २०८०
images
images
नाडामा डेल्टा अटोकर्पले सार्वजनिक गर्‍यो अप्रिलियाको नयाँ एसआर १६०

अप्रिलिया एसआर १६० मा शक्तिशाली १६० सीसी इन्जिन छ र यो मात्र ७.५ सेकेन्डभित्रै शून्यदेखि ६० किलोमिटर प्रतिघण्टा सहजै जान्छ।

images
images

काठमाडौं- डेल्टा अटोकर्प प्रालिले इटालियन पियाजियो ग्रुपले उत्पादन गरेको भेस्पा अप्रिलिया रेन्जको नयाँ स्कुटर अप्रिलिया एसआर १६० ल्याएको छ। भेस्पा अप्रिलियाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले नयाँ अप्रिलिया एसआर १६० नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको हो।

images
images
images

नयाँ एसआर १६० प्राविधिकरुपमा अत्याधुनिक आई गेट इन्जिनयुक्त रहेको छ। आधुनिक सहरी चालकहरूको माग पूरा गर्न डिजाइन गरिएको अप्रिलिया एसआर १६० को उच्च प्रदर्शन र आकर्षक स्पोर्टी लुकका लागि परिचित छ र यो राइडरहरूको रोजाइमा पर्ने स्कुटर भएको कम्पनीले जनाएको छ। 

images

अप्रिलिया एसआर १६० मा शक्तिशाली १६० सीसी इन्जिन छ र यो मात्र ७.५ सेकेन्डभित्रै शून्यदेखि ६० किलोमिटर प्रतिघण्टा सहजै जान्छ। यो स्कुटर सहरी सडकहरुमा चलाउन सजिलो छ, विशेष गरी ट्राफिकमा यसले ज्यादै उपयोगी फाइदा दिन्छ।

images
images

यो पूर्ण डिजिटल डिस्प्ले, आधुनिक एबीएस, टेलिस्कोपिक फ्रन्ट फोर्क, सुरक्षित र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्ने अन्य सुविधाहरू छन्। यसको स्पोर्टी डिजाइन र उत्कृष्ट ह्यान्डलिङले गर्दा यो सहरी चालकहरू र युवा चालकहरूका लागि एक उचित विकल्प बन्ने छ।

images
images

पियाजियो भेहिकल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक डिएगो ग्राप्फीले नेपालको दुई पांग्रे सवारीको क्षेत्रमा अप्रिलिया पियाजियो ग्रुपको प्रमुख ब्रान्ड हो र अप्रिलिया एसआरको रोमाञ्चक गति र उच्च गतिशिलताका कारण यो सडकमा रहेका अन्य सबै स्कुटरहरू भन्दा एक स्थान माथि रहेको बताए।

पियाजियोले विश्वभरका ग्राहकहरूलाई नवीनतम र उच्च गुणस्तरको गतिशीलता समाधानहरू प्रदान गर्न प्रतिबद्ध रहेको र अप्रिलिया एसआर १६० ले आफ्नो प्रदर्शन, शैली र आधुनिक सुविधाहरूको मिश्रणले नेपाली राइडरहरूको मन जित्न सफल हुने विश्वास उनको छ। 

पियाजियो भेहिकल प्रालि एक्स्पोर्ट्सका उपाध्यक्ष धिरज त्रिपाठीले अप्रिलिया एसआर १६० लाई नेपाली बजारमा प्रस्तुत गर्न पाउँदा उत्साहित भएको बताए। यस स्कुटरले आफ्नो अद्भूत प्रदर्शन र पृथक डिजाइनको कारणले विश्वव्यापीरूपमा प्रसंशा कमाउन सफल भएको छ। नेपालको विविध भूभागले गर्दा, नेपाल अप्रिलियाको उत्पादनका लागि रोमाञ्चक बजार भएको उनले उल्लेख गरे। 

त्यस्तै डेल्टा अटोकर्पका निर्देशक तथा सीईओ विजयकुमार महतोले नेपाली बजारमा रोमाञ्चिक अप्रिलिया एसआर १६० स्कुटरले अरु भन्दा भिन्दै प्रदर्शन र प्रतिष्ठत डिजाइनका लागि विश्वव्यापीरुपमा प्रशंसकहरुको संख्या कमायको र नेपालका विविध भुभागहरुलाई समेटी धेरैको रोजाइमा पर्ने विश्वास व्यक्त गरे। अप्रिलिया एसआर १६० ले नेपाली राइडरहरुका आकांक्षालाई राम्रोसँग प्रतिनिधित्व गर्नेछ।

पियाजियो भेहिकलले नेपाली ग्राहकहरू समक्ष स्कुटरलाई सहजै पुर्‍याउन र बिक्रीपछिको बृहत् सेवा सञ्जाल गर्न नेपालका लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक र आयातकर्ता डेल्टा अटोकर्प प्रालिमार्फत अप्रिलिया एसआर १६० को बिक्री गर्ने उनले बताए। 

अप्रिलिया एसआर १६० भारतबाट सीधै आयात गरिने र यो कालो, रातो, सेतो, निलो र खरानी रंगहरूमा उपलब्ध हुनेछ। २०८० भदौ २६ बाट सुरु भएको नाडा अटो शोमा यसको अनावरण गरिएको हो। सोही दिनदेखि बिक्रीको लागि उपलब्ध भएको छ। यसको मूल्य ३ लाख ९५ हजार ९ सय रुपैयाँबाट सुरु हुनेछ। 


प्रकाशित : बुधबार, भदौ २७ २०८००५:३७
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend