सोमबार, जेठ ७ गते २०८१    
images
images

रोयल इनफिल्डकाे नयाँ शोरुम टेकुमा 

images
बुधबार, भदौ २७ २०८०
images
images
रोयल इनफिल्डकाे नयाँ शोरुम टेकुमा 

कम्पनीले टेकुमा अत्याधुनिक शोरुम निर्माण गरी मंगलबारबाट सञ्चालनमा ल्याएको हो। 

images
images

काठमाडौं- रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले टेकुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

images
images
images

यसअघि अल्फा अटोमोटिभले  कम्पनीको मापदण्डअनुसार काठमाडौंको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै अत्याधुनिक दुई वटा शोरुम सञ्चालन ल्याएको थियो। कम्पनीले टेकुमा अत्याधुनिक शोरुम निर्माण गरी मंगलबारबाट विशेष कार्यक्रम गरी सञ्चालनमा ल्याएको हो।

images

रोयल इनफिल्ड मोटरसाइकल शोरुम 'वाइकर्स होमको' अवधारणामा निर्माण गरिएको छ। शोरुमबाट बाइक, राइडिङ गियर, जेनुइन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्रिी तथा बिक्री पछाडिका सेवाको व्यवस्था गरिएको छ। कम्पनीको मुख्य उद्देश्य 'ग्राहक सन्तुष्टि नै हाम्रो सन्तुष्टि' रहेको छ।

images
images

रोयल इनफिल्ड विश्वको सबैभन्दा पुरानो मोटरसाइकल कम्पनी हो, जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ।  

images
images

अल्फा अटोमोटिभ प्रालिले आफ्नो एवं डिलरसमेत गरL कम्पनी मापदण्डका हाल १८ वटा (टेकु, नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान, इटहरी, बिर्तामोड, दमक, टाडी, सुर्खेत, भक्तपुर, राजविराज, जनकपुर, हेटौडा, नारायणगढ, दाङ र नेपालगञ्ज) शोरुम सञ्चालन गरिरहेको छ भने थप ३ वटा (वीरगञ्ज, विराटनगर र धनगढी) सञ्चालनमा आउनेछन्l सञ्चालनमा ल्याएर कुल २१ वटा  शोरुमबाट बाइक बिक्री, गियर एवं जेनविन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङ लगायतका सेवा प्रदान गर्नेछ।

अल्फा अटोमोटिभ प्रालि त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजनअन्तर्गतको कम्पनी हो। त्रिवेणी ग्रुपले उत्पादनमुलक उधोग व्यवसाय, बैंकिङ, बीमा, एवं सर्भिस सेक्टरमा कार्य गरिरहेको छ।


प्रकाशित : बुधबार, भदौ २७ २०८००५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend