सोमबार, जेठ ७ गते २०८१    
images
images

टाटा जेन्युइन पार्टस र टाटा मोटर्स जेन्युइन आयलका रिटेलर्सलाई नबिल बैंकले बिनाधितो फाइनान्स सुविधा दिने 

images
सोमबार, भदौ २५ २०८०
images
images
टाटा जेन्युइन पार्टस र टाटा मोटर्स जेन्युइन आयलका रिटेलर्सलाई नबिल बैंकले बिनाधितो फाइनान्स सुविधा दिने 

उक्त सम्झौताअनुसार अब नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरुलाई सहज र सस्तो वित्तीय सुविधा उपलब्ध गराउने छ।

images
images

काठमाडौं- नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।

images
images
images

टाटा जेन्युइन पार्टस र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालि र नेपालकै अग्रणी बैंक नबिल बैंकबीच सहकार्य गर्ने सहमति भएको हो।

images

सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

images
images

उक्त सम्झौताअनुसार अब नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरुलाई सहज र सस्तो वित्तीय सुविधा उपलब्ध गराउने छ। कार्यक्रममा काठमाडौं उपत्यकाका खुद्रा बिक्रेता तथा टाटा गुरुहरुको पनि उपस्थिति रहेको थियो। 

images
images


प्रकाशित : सोमबार, भदौ २५ २०८००७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend