सोमबार, जेठ ७ गते २०८१    
images
images

महालक्ष्मी विकास बैंकद्वारा लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

images
आइतबार, भदौ २४ २०८०
images
images
महालक्ष्मी विकास बैंकद्वारा लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

images
images

काठमाडौं- महालक्ष्मी विकास बैंकले स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ।

images
images
images

बैंकले श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई छात्रवृत्ति वितरण गरेको हो।

images

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित उक्त छात्रवृत्ति बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरन्न शाहीले विद्यालयका प्रधानाध्यापक गिता काफ्लेलाई हस्तान्तरण गरेका हुन्।

images
images

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

images
images


प्रकाशित : आइतबार, भदौ २४ २०८०१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend