शनिबार, वैशाख १५ गते २०८१    
images
images

नेताहरू चुनावको लयमा, व्यवसायी चन्दाको भयमा

images
images
images
नेताहरू चुनावको लयमा, व्यवसायी चन्दाको भयमा

आयात प्रतिबन्ध नभएका अन्य व्यवसायको पनि हालत उस्तै छ। बजारमा माग नै छैन। सबैभन्दा धेरै माग हुने व्यापार तथा आम्दानी हुने मौसम दसैँको मुखमा कुनै चहलपहल छैन। उपभोग्य वस्तुकै मागमा कुनै फरक देखिएको छैन।  यस्तो अवस्थामा आएको चुनावमा कसरी चन्दा दिनबाट बच्ने भन्ने ध्याउन्नमा व्यवसायीहरू छन्

images
images

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेद्‍वारको सूची निर्वाचन आयोगमा बुझाइसकेका छन्। समानुपातिकको सूची बुझाएर दलहरू अहिले प्रत्यक्ष उम्मेद्‍वार छनौटका लागि तयारीमा छन्। 

images
images
images

निर्वाचन आयोगले चुनावको प्राविधिक तयारीलाई तीव्र बनाउँदै गर्दा राजनीतिक दल र सम्भावित उम्मेदवारहरू भने चुनाव खर्च जुटाउन व्यस्त छन्। चुनावी खर्च हरेक निर्वाचनपिच्छे अस्वाभाविक बढ्न थालेपछि उम्मेद्‍वार बन्न मेहनत गरिरहेका कार्यकर्तादेखि टिकट निश्चित भएका नेताहरू अहिलेदेखि नै अर्थोपार्जनमा पनि जुटिसकेका छन्। 

images

नेताहरूको अर्थोपार्जनको मुख्य स्रोत चन्दा हो। नेताहरूले अहिलेदेखि नै व्यवसायीहरूलाई सम्पर्क गरेर चन्दाका लागि दबाब दिन थालिसकेका छन्। कतिपयले भने शुभकामना दिने, फोन गर्ने, म्यासेज पठाउने गरेर सम्बन्ध नवीकरणमा लागेका छन्। ‘साढे ४ वर्षसम्म एक दिन पनि हाई हेलो नगरेका नेताहरूले अहिले एसमएसमार्फत सन्चो बिसन्चो सोध्न लागेका छन्,'  एक व्यवसायीले भने, 'नेताको एसएमएस निर्वाचन खर्चका लागि निम्तो हो। नत्र लामो समयसम्म सम्पर्कमा नरहेका नेता एकाएक किन सम्पर्कमा आए। यो चन्दाको निम्तो हो।’ 

images

व्यवसायीहरूको मोबाइलमा अहिले तारन्तर नयाँ नम्बरबाट फोन तथा म्यासेज आउन थालेको छ। धेरैजसो व्यवसायीले निकटबाहेक नयाँ नम्बरको फोन उठाउन छाडिसकेका छन् भने कतिले नयाँ नम्बर लिएर चलाएका छन्। तर पछिल्लो समय पहिलेजस्तो नम्बर फेरेर समस्या समाधान नहुने उनीहरूको बुझाइ छ। 

images
images

‘पहिले नम्बर मात्र परिवर्तन गर्दा धेरै समस्या कम हुन्थ्यो। तर अहिले सामाजिक सञ्जालमा म्यासेज आउँछ। यसबाट बच्न गाह्रो देखिएको छ’ एक व्यवसायीले भने। 
 
पछिल्ला प्रत्येक चुनावमा उम्मेद्‍वारबाट चन्दा आतंक नै हुन्छ। विशेषगरी आफ्नो क्षेत्रमा उद्योग व्यवसाय भएका व्यवसायीबाट नेता कार्यकर्ताले चन्दा माग्छन्। शीर्ष नेताले भने प्राय सबै प्रभावशाली व्यवसायीबाट चन्दा लिन्छन्। 

चन्दा लिने दुईथरी उम्मेद्‍वार छन्। एक शीर्षस्थ र प्रभावशाली। यो वर्गका उम्मेद्‍वारलाई व्यवसायीहरूले आफै अघि सरेर चन्दा दिन्छन्। चुनाव जिते पनि हारे पनि प्रभावशाली नेताको प्रभाव नघट्ने हुँदा उनीहरूसँग सम्बन्ध सुमधुर राख्नु व्यवसायीको पनि प्राथमिकतामा हुन्छ।

अर्को कार्यकर्ता वर्गका उम्मेद्‍वार हुन्छन्। संसदमा गएपनि प्रभाव देखाउन नसक्ने, चुनाव जित्ने सम्भावना नभएका, यदि जितिहाले पनि खासै प्रभावशाली नरहेकाहरू हुन्छन्। देशभर यस्ता उम्मेद्‍वारको संख्या धेरै हुन्छ। अहिले प्रदेशमा पनि उम्मेद्‍वार भएकाले यस्तो संख्या धेरै छ। यस्ता उम्मेदवारसँग भने व्यवसायीहरू सकभर दूरी बढाउन चाहन्छन्। 

अर्कातिर संघ र प्रदेशमा गरी उम्मेद्‍वार नै धेरै हुँदा व्यवसायी माथि दबाब थपिएको छ। फेरि यसपालि अर्थतन्त्रको अवस्था पहिले जस्तो सहज पनि छैन। सबै क्षेत्रमा व्यापारको विस्तार कम भएको छ। यस्तोमा व्यवसायीमाथि चन्दाको दबाब अलि बढी परेको र थेग्न नसक्ने अवस्था रहेको एक व्यवसायी बताउँछन्। 

‘नेताहरूसँग भाग्नका लागि व्यवसायीलाई अहिले एउटा सजिलो पनि छ। चुनाव अगाडि दसैँ, तिहार र छठ पर्व छ। यो समय भनेको व्यवसायीको विदेश भ्रमण गर्ने समय हो। खासै व्यवसाय विस्तार पनि नहुने, चाडपर्व र चुनाव एकसाथ भएकाले यस्तो ट्रिप लम्ब्याउन सक्ने सम्भावना छ’ एक व्यवसायीले भने। 

चुनाव भनेको कार्यकर्ताका लागि उत्सव हो। नेताका लागि अर्को पाँच वर्ष सत्तामा रहनका लागि प्रयास गर्ने समय। जनतालाई पनि अर्को पाँच वर्ष आफ्नो शासक छान्ने। तर व्यवसायी भने यही बेला सधैँजसो अलि दबाबमा हुन्छन्। तर पहिलेजस्तो दबाब छ भनेर, फोन अफ गरेर मात्र समस्या पार लगाउन सक्ने अवस्थामा छैनन् व्यवसायी।

विशेषगरी दुई कारणले उनीहरू समस्यामा छन्। पहिलो हो, आर्थिक अवस्था। नेपालको अर्थतन्त्र निरन्तर दबाबमा छ। गएको आर्थिक वर्षदेखि अर्थतन्त्रमा समस्या छ। बैंकसँग ऋण दिने पैसा छैन। बजारमा वस्तुको माग घटिरहेको छ। मुलुकसँग वैदेशिक मुद्राको सञ्चिति घटिरहेको छ। यहाँसम्म कि सरकारले आयात प्रतिबन्ध नै लगाएको छ। 

आयात प्रतिबन्ध लगाउँदा सरकारको राजस्व पनि घट्न सुरु गरेको छ। ठूलो चन्दादाताका रुपमा रहने व्यवसायीले जुन व्यापार तथा उद्यमबाट पैसा कमाउथे अहिले त्यही व्यापार वा उद्यम ओरालो लागिरहेको छ। 

गत वर्षको माघदेखि नै निर्माण व्यवसाय निरन्तर ओरालो लागेको छ। सिमेन्ट, छड तथा निर्माण व्यवसायी यसै पनि कर्जाको दबाबमा छन्। अर्को नाफामूलक व्यापार भनेको अटोमोबाइल्स हो। गएको चैतदेखि सरकारले आयात प्रतिबन्ध लगाएपछि यो क्षेत्र पनि करिब ठप्प भएको छ। 

आयात प्रतिबन्ध नभएका अन्य व्यवसायको पनि हालत उस्तै छ। बजारमा माग नै छैन। सबैभन्दा धेरै माग हुने व्यापार तथा आम्दानी हुने मौसम दसैँको मुखमा कुनै चहलपहल छैन। उपभोग्य वस्तुकै मागमा कुनै फरक देखिएको छैन। 

‘आम्दानी नै नभएपछि पुर्ख्यौली सम्पत्ति बेचेर त कसैले पनि चन्दा दिने होइन। चन्दा वा सहयोग भनेकै आम्दानीबाट दिने हो। जुन पछिल्लो तीन वर्षदेखि भएको छैन। यस्तोमा दबाब सोचेभन्दा धेरै छ’ एक व्यवसायीले भने। 

कतिपय नेताहरूले भने आफ्ना सहयोगीहरूलाई कार्यालयमै गएर चिया गफका लागि भन्दै समय व्यवस्थापन गरिदिन आग्रह गरेको एक व्यवसायीले बताए। तर, विगतका निर्वाचनहरूमा व्यवसायीले कतिपय नेताहरूलाई खुलेर सहयोग गरे पनि अहिले सहज नभएको उनीहरूको भनाइ छ।

व्यापार व्यवसायी नै चौपट छ। बैंकले ऋण दिएको छैन। कर्मचारीहरूलाई नै तलब खुवाउन रकम खोज्न परिरहेको छ। यस्तो अवस्थामा नेताहरूले चन्दाको निम्तो दिन थालेको व्यवसायीहरू बताउँछन्।

व्यवसायीलाई अर्को समस्या भनेको व्यक्तिगत चन्दाको हो। व्यवसायीहरूले कम्पनीको आम्दानीबाट सिधै चन्दा दिन सक्दैनन्। यसरी चन्दा दिँदा उक्त खर्चको विवरण चन्दामा देखाउन मिल्दैन। यस्तोमा व्यक्तिगत रुपमा चन्द दिन कठीन भइरहेको उनीहरूले बताएका छन्। 

व्यक्तिगत खाताबाटै चन्दा दिनुपर्ने, अर्कोतिर पछिल्लो तीन वर्षदेखि आम्दानी नभएकाले यो पटक चन्दाको दबाब थेग्न कठीन हुने उनीहरूको भनाइ छ।

images

प्रकाशित : शुक्रबार, असोज ७ २०७९०२:३८

प्रतिक्रिया दिनुहोस