आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

मौसम खराब हुँदा दुई दिनदेखि हुम्लामै रोकिए मानसरोवर गएका पर्यटक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ३१ २०७९
images
मौसम खराब हुँदा दुई दिनदेखि हुम्लामै रोकिए मानसरोवर गएका पर्यटक
images
images

हुम्ला- मानसरोवर कैलाशको दर्शन गरेर फर्कनुुपर्ने धार्मिक पर्यटक मौसम खराब हुँदा हुम्लामा नै रोकिएका छन्। दुई दिनदेखि हुम्लामा लगातार वर्षा भएका कारण धार्मिक पर्यटक नाम्खा गाउँपालिकाको ताक्ची र सिमकोटमा रोकिएका छन्। बुधबार रातिदेखि वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध हुँदा गन्तव्यमा लाग्नुुपर्ने पर्यटक रोकिनुपरेको हो। 

images
images
images

ट्रेकर सोसाइटीका प्रबन्धक प्रह्लाद लिम्बूका अनुुसार दुुई दिनदेखि ताक्चीबाट सिमकोट आउने र सिमकोटबाट नेपालगञ्ज जानुुपर्ने दुई सय ५६ पर्यटक यतै रोकिएका छन्। बुधबार रातिदेखि लगातार वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएकाले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर आआफ्नो गन्तव्यतर्फ लाग्नुुपर्ने पर्यटक ताक्ची र सिमकोटमा रोकिएका हुन्। 

images
images

तीमध्ये ताक्चीबाट हेलिकप्टरमा सिमकोट आउनुपर्ने एक सय १० पर्यटक र सिमकोटबाट नेपालगञ्ज जानुुपर्ने ८२ पर्यटक रोकिएका छन्। सिमकोटबाट ताक्ची जाने ६४ पनि सिमकोटमै रोकिएका छन्। ताक्चीमा रहेकामध्ये शुक्रबार हेलिकप्टरले एउटा मात्र उडान भर्न सक्दा थप पाँच पर्यटक सिमकोट आइपुुगेका छन्। 

images
images

सिमकोटबाट ताक्चीका लागि पर्यटक ल्याउन तीन हेलिकप्टर सिमकोट विमानस्थलमा तयारी अवस्थामा रहे पनि लगातारको वर्षाका कारण उडान भर्न सकेका छैनन्। सिमकोटमा रहेका पर्यटक ओसार्न नेपालगञ्ज विमानस्थलमा जहाज तयारी अवस्था रहे पनि उडान हुन नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ। 

उडान नभएपछि पर्यटक दुुवै स्थानमा रोकिएका हुन्। यसले थप आर्थिक व्ययभारसमेत थपिएको छ। पानी परिरहेका कारण ताक्चीबाट लाप्चा पुुगेर मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटक पनि प्रभावित भएका छन्। बादल लाग्ने र पानी परिरहेका बेला लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिँदैन। यस वर्ष सद्गुरु जग्गी बासुदेवसहित एक हजार एक सय ७५ पर्यटक मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिए। रासस


प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९१२:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend