शुक्रबार, वैशाख २१ गते २०८१    
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

व्यावसायिक प्रयोजनका लागि बनेको संरचना भाडामा लगाउने टेन्डरमा देखाएनन् व्यवसायीले चासो

आम्दानी र खर्च एकैठाउँमा राख्दा समस्या

images
images
images
व्यावसायिक प्रयोजनका लागि बनेको संरचना भाडामा लगाउने टेन्डरमा देखाएनन् व्यवसायीले चासो

विमानस्थल भित्र बनेको संरचना भाडामा लगाउने गरी जुन १ मा गरिएको टेन्डर पहिलो पटक १५ दिनको समय थप गरेर अगष्ट १७ सम्मको पुर्‍याइएको थियो।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्र र बाहिर व्यावसायिक प्रयोजनका लागि बनेका संरचना भाडामा दिने गरी गरेको टेन्डरको कुनै पनि कम्पनीले चासो दिएनन्। २ पटकसम्म सय थप गर्दा पनि कुनै पनि कम्पनीले प्रस्ताव पेस नगरेको प्राधिकरण प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए।

images
images
images

विमानस्थल भित्र बनेको संरचना भाडामा लगाउने गरी जुन १ मा गरिएको टेन्डर पहिलो पटक १५ दिनको समय थप गरेर अगष्ट १७ सम्मको पुर्‍याइएको थियो। पुनः टेन्डरमा चासो देखाउने कम्पनीहरुको आग्रह र तयारीका लागि तेस्रो पटक १ महिनाको समय थपेर सेप्टेम्बर १५ सम्म पुर्‍याइएको थियो।

images

टेन्डरमा सहभागी हुन २ वटा कम्पनीले फम किने पनि प्रस्ताव कसैले पेस नगरेको निरौलाले जनकारी दिए।टेन्डरमा सहभागी हुन चासो देखाएका कम्पनीहरुले नै आवश्यक तयारीका लागि दोस्रो पटक एक महिनाको समय थप माग गरेका थिए।

images

सहभागी हुनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यापार गरिरहेको दीपक मल्होत्राको कम्पनीले समेत विमानस्थलको बक्यौता भुक्तानी गरेको थियो। तर टेन्डरमा भने सहभागी नभएको प्राधिकरणले जनाएको छ।

images
images

प्राधिकरणको केन्द्रीय कार्यालयले विमानस्थल भित्र/बाहिर बनाइएको व्यवसायिक क्षेत्र, सवारी पार्किङ, टर्मिनल भवन तथा अन्य भवनको अपरेशन तथा मर्मत सम्भार र बगैँचाको संरक्षण सहितका लागि जुन १ मा टेन्डर गरेको थियो।

प्राधिकरणले पाँच वर्षका लागि कम्पनी छनोट गर्ने गरी टेन्डर गरेको थियो। प्राधिकरणले पाँच वर्षका लागि लिजमा लिन चाहेने कम्पनीले न्यूनतम ५६ करोड ७१ लाख ८५ हजार ६ सय ५८ रुपैयाँ निर्धारण गरेका छ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको व्यवसायिक क्षेत्र भाडामा लगाउँदा छुटाछुटै कम्पनीलाई दिँदै आएको थियो।

यसरी अलग अलग कम्पनीलाई दिँदा समन्वयमा समस्या आएको विषयलाई ध्यानमा राखेर सहजता र विमानस्थलभित्र भाडामा लगाइएको क्षेत्र तथा अन्य क्षेत्रको मर्मत संभारका लागि पनि एकै कम्पनीबाट डिल गर्न सहजता हुने गरी कम्पनी छनोट गर्न लागेको थियो। तर कुनै पनि विदेशी तथा स्वदेशी कम्पनीले चासो नदिएको प्राधिकरणले जनाएको छ।

तर आम्दानी र खर्चको पाटो एउटैमा राखेर टेन्डर गर्दा व्यवसायीले चासो नदेखाएको हुन सक्ने प्राधिकरणले जनाएको छ। अब केही दिन भित्रै यस विषयमा छलफल गरी कसरी अगाडि बढने भने विषय निर्णय हुने प्राधिकरणको भनाइ छ।

 

images

प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९११:०६

प्रतिक्रिया दिनुहोस