आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

१८४ यात्रु लिएर जापान उडेको निगमको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्कियो

images
बुधबार, भदौ २९ २०७९
images
१८४ यात्रु लिएर जापान उडेको निगमको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्कियो
images
images

काठमाडौं- जापानको नारिता उडेको नेपाल वायु सेवा निगमको जहाजमा प्राविधिक समस्या देखिएसँग‌ै जहाज काठमाडौं न‌ै फर्किएको छ। 

images
images
images

राति ११ बजे जापानको लागि उडेको निगमको वाइडबडी जहाजमा धुँवा देखिएको भन्दै जहाज काठमाडौं विमानस्थल नै फर्काइएको निगम एक पाइलटले जानकारी दिए। जहाजमा १८४ जना यात्रु थिए।

images
images

राति काठमाडौं नै फर्किएको जहाज अहिले बिहान ९ बजे जापान उडानको तयारी भएको छ। वाइडबडी विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुँवा देखिएपछि काठमाडौंमै फर्किएको एक पाइलटले जानकारी दिए।

images
images


प्रकाशित : बुधबार, भदौ २९ २०७९०१:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend