बिहीबार , वैशाख २० गते २०८१    
images
images

१४ होटलमा ८ अर्ब ९५ करोड रुपैयाँको लगानी प्रतिबद्धता

३ ठूला होटलमा मात्रै ६ अर्ब ६० करोडको लगानी

images
images
images
१४ होटलमा ८ अर्ब ९५ करोड रुपैयाँको लगानी प्रतिबद्धता
images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो दुई महिना नबित्दै होटल तथा रेष्टुँरामा लगानी प्रतिबद्धताको आकर्षण देखिएको छ।चालु आवको २६ दिनकै साना तथा ठूला गरी १४ वटा होटलमा स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता आएको छ।

images
images
images

उद्योग सञ्चालनका लागि उद्योग विभागमा दर्ता हुन आएका ६६ उद्योगमध्ये १४ वटा होटल तथा रेष्टुँरा छन्। जुन दर्ता हुन आएकामध्ये २२ प्रतिशत हो।

images

जसमा तीन वटा ठूला होटल रहेका छन्। अन्य ११ वटामा भने १५ करोडदेखि ६० करोड रुपैयाँसम्मको लगानी रहेको छ। ठूला होटलमा आएको लगानी प्रतिबद्धता स्वदेशी रकम रहेको छ भने सानामा विदेशी लगानी रहेको छ।

images

चालु आर्थिक वर्ष २०७९/०८० को सुरुवातमै होटलमा लगानी आकर्षण बढेको छ। उद्योग विभागका अनुसार चालु आवको २६ दिनमै तीनवटा तारे होटल लगायत ११ वटा पर्यटकीय होटल पनि निर्माण हुने गरी दर्ता भएका छन्।

images
images

विभागका अनुसार २६ दिनमा १४  होटलमा ८ अर्ब ९५ करोड ५० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। जसमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आयुष्मान होटल निर्माणका लागि आएको छ।

झापाको मेचिनगरमा २ अर्ब ५१ करोड रुपैयाँको लगानीमा आयुष्मान होटल बन्ने गरी उद्योग विभागमा दर्ता भएको छ। ९५ बेड क्षमताको होटलमा १ सय ९० जना क्षमताको रेष्टुँरासमेत बन्ने छ। सतप्रतिशत नेपाली लगानी रहने होटलमा तीन सय जनाले रोजगारी पाउनुको साथै १ हजार केभीए बिजुली खपत हुने दर्ता विवरणमा उल्लेख छ। यो होटलमा व्यवसायी इन्द्रप्रसाद सुवेदीसहितको लगानी रहने छ। 

यसैगरी काठमाडौंमा बुढानिलकण्ठमा बुढानिलकण्ठ हेरिटेज लिमिटेड दर्ता भएको छ। बुढानिलकण्ठ हेरिटेज होटलमा २ अर्ब ४० करोडको लगानी प्रतिवद्धता आएको छ। होटलमा १ सय २ बेड र ३ सय सिट क्षमताको रेष्टुँरा बन्ने छ। सतप्रतिशत नेपाली लगानी रहेको होटलमा १ हजार ५ सय केभीए बिजुली खपत हुने दर्ता विवरणमा उल्लेख छ। 

उद्योग विभागका अनुसार झापाको मेचिनगरमा नगरपालिका वडा नम्बर १० मा होटल ईष्टन निर्माण हुनेगरी दर्ता भएको छ। होटल ईष्टनमा १ अर्ब ६९ करोड ७ लाख ७१ हजार ९ सय ७५ रुपैयाँको लगानी प्रतिवद्धतासँगै उद्योग दर्ता भएको छ। ईष्टन होटलमा ९९ बेड तथा २५० सिट क्षमताको रेष्टुँरा बन्ने दर्ता विवरणमा उल्लेख छ। होटलमा सतप्रतिशत नै नेपाली लगानी रहेको छ भने १ सय ७० जनाले रोजगारी पाउने उल्लेख छ। होटलले ५ सय केभीए बिजुली खपत गर्ने दर्ता विवरणमा उल्लेख छ।

यसैगरी १५ करोडको विदेशी लगानीमा काठमाडौंमा मारीय होटल तथा रेष्टुरा निर्माण हुने भएको छ। ४५ वेड क्षमताको होटलमा १७२ सीट क्षमताको रेष्टुरा रहने छ। साथै होटलमा ५९ जनाले रोजगारी पाउने छन्। होटलमा विदेशी लगानी रहने छ। 

यसैगरी २० करोडको लगानीमा युवान होटल एण्ड रेष्टुरेण्ट निर्माण हुने भएको छ। ५० बेड क्षमताको होटलमा ५५ जनाले रोजगारी पाउने छन्। होटलमा विदेशी लगानी रहने छ। 

साथै १५ करोड रुपैयाँको लगानीमा काठमाडौंमा नै सञ्चालन हुने गरी हुवालिन होटल एण्ड रेष्टुरेन्ट दर्ता भएको छ। होटलमा विदेशी लगानी रहनेछ। ४० वेड क्षमताको होटलमा ८५ जनाले रोजगारी पाउने छन्। यसैगरी ५ करोड ५० लाखको लगानीमा काठमाडौमै  जिन मेन होटल प्रालि सञ्चालन हुने गरी दर्ता भएको छ। होटलमा २२ वेड रहेन छ।

अन्य  कुन होटलमा कति लगानी?

- मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा प्रालि गोर्खामा ३७ करोड रुपैयाँ लगानी

- ग्राण्ड सेन्ट्रल होटल प्रालि सुनसरी ईटहरीमा ६० करोड

- आजु होल्डिङ प्रालि काठमाडौंमा ३० करोड

- हाई मेई होटल एण्ड रेष्टुरेण्ट प्रालि काठमाडौंमा २० करोड लगानी

- होटल पञ्चावती प्रालि सर्लाही लालबन्दीमा ३३ करोड लगानी

- दोर्जेज् फार्म रिसोर्ट प्रालि कास्की पोखरामा ५५ करोड रुपैयाँ लगानी

- लोन्नी चिकेन चप प्रालि भक्तपुरमा ५ करोड रुपैयाँ लगानी

images

प्रकाशित : बुधबार, भदौ २९ २०७९१२:५२

प्रतिक्रिया दिनुहोस