आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

थप चार होटलमा क्यासिनो 

images
सोमबार, भदौ २७ २०७९
images
थप चार होटलमा क्यासिनो 
images
images

काठमाडौं- थप चारवटा होटलमा क्यासिनो थपिने भएको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षका दुई महिना नबित्दै चारवटा होटलमा क्यासिनो सञ्चालनका लागि क्यासिनो कम्पनी उद्योगमा दर्ता हुन आएका छन्।

images
images
images

विभागका अनुसार चालु आर्थिक वर्षमा कपिलवस्तु, कास्की, झापा तथा मोरङमा सञ्चालन भएका होटल सञ्चालन हुने गरी क्यासिनो कम्पनी उद्योगमा दर्ता भएका छन्।

images
images

क्यासिनो सञ्चालनका लागि कम्पनी दर्तासँगै पर्यटन विभागको सिफारिसमा उद्योगमा दर्ता हुनुपर्ने छ। सोहीअनुसार चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म चारवटा क्यासिनो दर्ता भएका हुन्।

images
images

कपिलवस्तुको लुम्बिनी ग्रिन रिसोर्टका क्यासिनो सञ्चालन गर्नेगरी ग्रिन ज्याकपटो इन्टरटेन्मेन्ट प्रालि दर्ता भएको छ। क्यासिनो कम्पनीमा २० करोड रुपैयाँका लगानी रहेको छ।

यसैगरी कास्की पोखरा हेरिटेझ स्वीट्स एण्ड स्पामा क्यासिनो सञ्चालन गर्ने गरी भेन्टेन ईन्टरटेनमेन्ट प्रालि दर्ता भएको छ। यसमा पनि २० करोडकै लगानी रहेको छ।

झापाको बिर्तामोडमा किङसवरी इन्टरटेनमेन्ट प्रालि दर्ता भएको छ। यसमा २५ करोडको लगानी रहेको छ।

यसैगरी मोरङको रत्ना होटल प्रालिमा रत्ना सर्भिसेज प्राली दर्ता भएको छ। कम्पनीमा २० करोड लगानी रहेको छ।


प्रकाशित : सोमबार, भदौ २७ २०७९१२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend