आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

भारतीय सद्‍गुरुसहितको टोली हुम्ला हुँदै कैलाश मानसरोवर जाँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २४ २०७९
images
भारतीय सद्‍गुरुसहितको टोली हुम्ला हुँदै कैलाश मानसरोवर जाँदै
images
images

सिमकोट- हिन्दू र बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थलका रुपमा चिनिने कैलाश मानसरोवरको दर्शनका लागि जान भारतीय ‘सद्‍गुरु’ शुक्रबार हुम्ला आउँदै छन्।

images
images
images

नेपाली भूमि हुम्लाको लिमि लाप्चाबाट कैलाश मानसरोवर दर्शनका लागि नेपाल आएका ‘सद्‍गुरु’ हेलिकोप्टर चार्टर गरेर सिमकोट आउन लागेको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।

images
images

चीनको वुहान प्रान्तबाट २०२० मा सुरु भएको कोभिड–१९ का कारण धार्मिक तथा सांस्कृतिक महत्वको कैलाश मानसरोवार आवतजावत गर्न चिनियाँ पक्षको रोक छ। दोस्रो पटक सद्‍गुरु हुम्लाको भू–भागबाटै दर्शन गर्ने गरी हुम्ला आउन लागेको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिइन्। सद्‍गुरुको हुम्ला आवागमनका बारेमा सबै तयारी पूरा भएको बताइएको छ।  

images
images

नेपाली भूभाग लाप्चा भञ्ज्याङबाट कैलाश मानसरोवरको दर्शनका लागि आज हेलिकोप्टर चार्टर गरेर सद्‍गुरु नेतृत्वको टोली सिमकोट पुग्ने कार्यक्रम छ। सद्‍गुरुसँग शुक्रबार मात्र ४० भन्दा बढीको टोली आउने छ। सद्‍गुरुको टोली पोखराबाट हेलिकोप्टरमा सिधै सिमकोट विमानस्थल अवतरण गर्ने उनको भ्रमणको जिम्मा लिएको द ट्रेकर सोसाइटीले जनाएको छ।
 
शुक्रबार बिहान सिमकोटमा भएका दुई हेलिकोप्टर पोखरा गएमा १० र नगए आठ वटा हेलिकोप्टरमा एकै साथ सद्‍गुरुको टोली सिमकोट आउने भएको द ट्रेकर सोसाइटीका हुम्ला प्रतिनिधि राजन अधिकारीले बताए। (सद्‍गुरु)को टोलीले पूर्णिमाको मौका पारेर शनिबार (भोलि) हेलिकोप्टरबाट गएर लाप्चा भञ्ज्याङबाट कैलाश मानसरोवरको दर्शन गर्ने कार्यक्रम छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९०७:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend