आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

यती एयरलाइन्सले थप्यो एटीआर ७२-५००

images
सोमबार, भदौ २० २०७९
images
यती एयरलाइन्सले थप्यो एटीआर ७२-५००

विमानको आवश्यक कागजी प्रक्रिया पुरागरी रंगरोगन गरे पश्चात् विमानले दसैं अगाडि नै उडान गर्ने उनले बताए।

images
images

काठमाडौं- निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले सेवा विस्तार गर्ने क्रममा एटीआर ७२-५०० विमान थप गरेको छ। यतीको यो छैटौं विमान सोमबार दिउँसो  १५:१५ मिनेटमा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण भएको हो।

images
images
images

यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो। उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड हुँदै नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए। विमान संख्या थप गरेसँगै कम्पनीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको प्रबक्ता बर्तौलाले जानकारी बताए।

images
images

विमानको आवश्यक कागजी प्रक्रिया पुरागरी रंगरोगन गरे पश्चात् विमानले दसैं अगाडि नै उडान गर्ने उनले बताए।

images
images

यसले गर्दा दसैंको बेला हुने टिकट अभावलाई पूरा गर्न सहयोग हुने विश्वास लिएको उनले बताए। यहि आर्थिक वर्षभित्र अर्को एक विमान थप गर्ने र त्यसपछि नयाँ गन्तब्यहरुमा सेवा विस्तार गर्ने उनले बताए।

विमान थप भएपछि ५ वटा विमानलाई आधार बनाई उडान गर्ने र एउटा विमानलाई जगेडामा राखि मर्मत तथा उडान ढीला हुँदा प्रयोग गरिने कम्पनीले जनाएको छ। यतीले सुगम गन्तव्यहरु काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरु गर्दै आएको छ भने अन्तर्राष्ट्रियतर्फ चार्टर र नन सेड्युल उडान गर्ने अनुमति पाएको छ।


प्रकाशित : सोमबार, भदौ २० २०७९११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend