शुक्रबार, जेठ ४ गते २०८१    
images
images
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

उडान अवतरणमा अवरोध खडा गर्ने रिठेपानी डाँडा कटानीका लागि प्राधिकरणले गर्‍यो बोलपत्र आह्वान

images
सोमबार, भदौ २० २०७९
images
images
उडान अवतरणमा अवरोध खडा गर्ने रिठेपानी डाँडा कटानीका लागि प्राधिकरणले गर्‍यो बोलपत्र आह्वान
images
images

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अवरोध देखिएको रिठेपानी डाँडा कटानीको प्रक्रिया सुरु भएको छ। रिठेपानी डाँडा कटानीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवका आयोजन निर्देशनालयले ठेक्काको सूचना जारी गरेको छ।

images
images
images

प्राधिकरणले अक्टोबर ११ सम्मको सयमसीमा दिएर टेन्डर गरेको हो। प्राधिकरणले रिठेपानी डाँडा कटानी द्रुत मार्गबाट गर्न खोजेको थियो। तर अहिले सार्वजनिक खरिद ऐनअनुसार नै डाँडा कटानीका लागि प्रक्रिया सुरु गरेको हो।

images

प्राधिकरणले द्रुत मार्गबाट डाँडा कटानी गर्ने र १४ मिटर डाँडा कटानी गरेपछि अक्टोबरभित्रै विमानस्थलमा क्यालिब्रेसन गर्ने तयारी गरेको थियो। तर अब अक्टोबरभित्रै क्यालिब्रेसन उडान नहुने भएको छ। क्यालिब्रेनस उडान समयमा हुन नसकेको अवस्थामा सन् २०२३ को जनवरीबाट विमानस्थल सञ्चालनामा ल्याउने तयारी पछि धकेलिने छ।

images
images

विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने डाँडा ४० मिटर कटानी गर्नु पर्ने छ। निजी जग्गा रहेको डाँडा भाने कटानी भइसकेको छ। डाँडा कटानीबाट निस्केको ढुंगा/माटो विमानस्थलमै प्रयोग गर्ने गरी ठेक्काको सूचना आएको हो।

images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पहिले पटक २०७१ फागनु २६ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो। तर विमानस्थल सञ्चालनमा रिठेपानी डाँडा अवरोध भएसँगै डाँडा कटानीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरवको आयोजना  निर्देशनाल मातहतनको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले पूरक ईआईए तयार पारेका थियो।

यसरी तयार भएको पूरक ईआईए वन तथा वातावरण मन्त्रालयले सबै प्रक्रिया पूरा गर्दै राय सुझावका लागि सार्वजनिक गरेको थियो। वन तथा वातावरण मन्त्रालयले चैतको पहिलो साता पूरक ईआईए सार्वजनिक गरेको थियो।

यसरी सार्वजनकि भएको पूरक ईआईइ वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले जेठ १७ गते स्वीकृत भएको थियो। विमानस्थल सञ्चालनसँगै उडान तथा अवतरणमा निर्माणाधीन विमानस्थलको पूर्वी सीमानाबाट करिब १.३५ किलोमिटरको दुरीमा रहेको रिठेपानी डाँडा अवरोधक बनेको थियो।  

सोही डाँडा कटानीका लागि आयोजनाले पूरक वातावरणीय प्रभाव मूल्यांकन तयार पारेको थियो। पूरक वातावरणीय प्रभाव मूल्यांकन बनाउने आयोजनाले एक वर्षअगाडि नै स्वीकृति पाएको थियो। एक वर्षभन्दा बढी लामो समय लगाएर पूरक ईआईए स्वीकृत भएको थियो। जहाज उडान तथा अवतरणमा अवरोध पर्ने उक्त डाँडाको २.१७६ हेक्टर वनलाई अवश्यकता अनुसार १२ मिटर देखि ४० मिटरसम्म कटान गर्नु पर्ने र डाँडाकटान सँगै यस क्षेत्रमा रहेका ६०० वटा रुख तथा पोल आकारका रुखहरू हटाइनु पर्ने उल्लेख गरिएको थियो। सोहीअनुसार नै ईआईए स्वीकृत भएको थियो।

डाँडा कटानीमा मात्रै १ करोड ५३ लाख रुपैयाँ

रिठेपानी डाँडा कटानमा १ करोड ५३ लाख खर्च हुने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।  यो डाँडा कटानीबाट वातावरणमा पर्ने असर न्यूनीकरणका खर्च हुने रकम हो। डाँडा कटानी लाग्ने रकम पनि यसमा समावेश गरिएको छ।

रिपोर्टअनुसार ६ सय वटा रुख कटानी गरी १० प्रतिशत रुख रोपण तथा ५ वर्षसम्मको हेरचाहका लागि ६९ लाख ४८ हजार रुपैयाँ लाग्नेछ।यसैगरी धुलो उड्ने क्षेत्रमा पानी छर्कनका लागि ९० हजार, सुरक्षा तथा जनचेतनका लागि १ लाख ५० हजार, पूर्वाधार विकास तथा सुधार गर्न सहयोगमा २५ लाख रुपैयाँ र अन्य विविध काममा लागि ९ लाख ५८ हजार रुपैयाँ लाग्ने अनुमान रिपोर्टमा उल्लेख छ।

यसैगरी वातावरणीय अनुगमनका लागि ३३ लाख ३७ हजार, प्रभाव अनुगम  मूल्यांकनका लागि ७ लाख ४ हजार र वातावरणीय परीक्षणका लागि ६ लाख ५ हजार रुपैयाँ खर्च हुने आयोजनको अनुमान छ। सबै शीर्षकमा गरी अनुमानित कुल १ करोड ५३ लाख २ हजार ८ सय रुपैयाँ खर्च हुने रिपोर्टमा उल्लेख छ।

विमानस्थल निर्माण लागत

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रबर्द्धन गर्ने सरकारी लक्ष्य छ। सन् २०११ मा आयोजना सुरु भएता पनि नेपाल सरकार र चीन सरकारबीच २०१७ मार्चमा ऋण सम्झौता भइ सन् २०२१ सम्म सम्पन्न गर्ने लक्ष्यसहित काम थालनी भएको थियो। 

चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। अहिले विमानस्थल निर्माणको काम सम्पन्न भइसकेको छ।

यो आयोजनाको कुल अनुमानित लागत २१ अर्ब ६० करोड रहेको छ।अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मादण्डअनुसार फोरडी मोडलमा निर्माण हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यस्तरका जहाजबाट उडान तथा अवसतरण गर्न सकिने छ। पोखरा विमानस्थललाई हव बनाएर बुद्ध एयरले अन्तर प्रदेश तथा भारतका सहरहरूमा समेत उडान गर्ने तयारी गरिरहेको छ।


प्रकाशित : सोमबार, भदौ २० २०७९०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend