शुक्रबार, जेठ ४ गते २०८१    
images
images

पर्यटक भिसामा विदेश जान कडाइ गरिँदै, कुन प्रयोजनमा जाँदा के बुझाउनुपर्छ प्रमाण? (कार्यविधिको पूर्णपाठसहित)

हवाई टिकट लिन एक साताअघि नै अध्यागमनबाट अनुमति लिनुपर्ने

images
आइतबार, भदौ १९ २०७९
images
images
पर्यटक भिसामा विदेश जान कडाइ गरिँदै, कुन प्रयोजनमा जाँदा के बुझाउनुपर्छ प्रमाण? (कार्यविधिको पूर्णपाठसहित)
images
images

काठमाडौं- सरकारले ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै पर्यटक भिसामा विदेश जान कडाइ गर्ने नीति लिएको छ।

images
images
images

गृह मन्त्रालय स्वीकृत गरिसकेको कार्याविधिमा पर्यटक भिसामा विदेश जान चाहनेलाई केही कडाइ गर्न लागेको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले जानकारी दिए। पैसा नभए पनि भिजिट भिसामा विदेश जाने र अलपत्र पर्नेको संख्या नियन्त्रण गर्नेगरी कार्यविधि स्वीकृत भएको उनले जानकारी दिए।

images

पर्यटक भिसामा विदेश जानेहरूको संख्या व्यवस्थित गर्नका लागि अध्यागमन विभागले सफ्टवेयर प्रणाली विकास गर्नुपर्ने विषय कार्यविधिमा समावेश गरिएको छ।

images
images

पर्यटकको रुपमा घुम्न जाने व्यक्ति र तिनका परिवारका सदस्यले परिवारका सदस्यहरूबीच नातासम्बन्ध खुल्ने सरकारी कागजात पेश गर्नुपर्ने छ। यसैगरी कम्तिमा ४ लाख रुपैयाँ वार्षिक आम्दानी र कर प्रणालीमा आवद्धता खुल्ने कागजात र प्रणालीमा निवेदन पेश गर्न दिन कम्तीमा दुई लाख रुपैयाँ बैंक मौज्दात रहेको बैंक स्टेटमेन्टसमेत पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। 

images
images

आम्दानीका आधारमा सरकार (संघ, प्रदेश र स्थानीय) लाई कर तिरेको प्रमाण र दुईतर्फी हवाई टिकट र गन्तव्य मुलुकको होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाणसमेत पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। तर वार्षिक आम्दानी, कर तिरेको प्रमाण र बैंक मौज्दात परिवारका सदस्यमध्ये कुनै एक वा ए भन्दा बढीको भए पनि हुने विषय कार्यविधिमा उल्लेख छ। साथै परिवारका सदस्य सञ्चालक रहेको संस्था र कम्पनीको आम्दानी, कर प्रणालीमा आवद्धता र बैंक मौज्दातलाई समेत लिन सकिने विषय उल्लेख छ।

पर्यटक भिसामा विदेश भम्रणमा जानेले हवाई टिकट लिनु अगाडि अध्यागमन विभागबाट स्वीकृत लिनुपर्ने छ। यसका लागि कम्तिमा ७ दिन अगाडि विभागको अनलाइन प्रणालीबाट निवेदन दिनु पर्ने छ।

यसैगरी कार्यविधिमा दुईतर्फी हवाई टिकट र होटल बुक भएको प्रमाणसमेत पेस गर्नुपर्ने उल्लेख छ। 

नियमित यात्रु, उच्च शिक्षा हासिल गरेका र विगतमा लामो समय विदेश बसेका व्यक्तिहरूले नियमित यात्रुको हकमा भारत, मलेसिया र खाडी मुलुकबाहेक कम्तिमा दुई अन्य मुलुकको भ्रमण गरेको अभिलेख पेस गर्नु पर्ने कार्यविधिमा उल्लेख छ। तर ट्रान्जिट भिसालाई सो देश भ्रमण गरेको नमानिने भनिएको छ। 

यसैगरी उच्च शिक्षा हासिल गरेकाको हकमा प्राविधिक विषय भए कम्तिमा डिप्लोमा तह र अन्य विषयको हकमा स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र र विगतमा विदेश बसेका व्यक्तिको हकमा भारत, मलेसिया र खाडी मुलुकबाहेक अन्य मुलुकमा कम्तीमा दुई वर्ष बसेको देखिने अभिलेख आवश्यक पर्ने कार्यविधिमा उल्लेख छ।

साथै दुईतर्फी हवाई टिकट र गन्तव्य मुलुकको होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाण वा गन्तव्य मुलुकमा भएको आफन्तको सम्पर्क नम्बरसहितको विवरण हुनपर्ने समेत कार्यविधिमा उल्लेख छ।

विदेशमा रहेका आफन्त बिरामी परेर कुरुवाको रुपमा सेवा गर्न जाने बिरामी वा निजको पति वा पत्नीतर्फका बढीमा दुईजना आफन्तहरूले पेश गर्नुपर्ने कागजातहरू

१. बिरामीको राहादानी, भिसा र गन्तव्य मुलुकमा बिरामी आगमन भएको देखिने कागजको प्रतिलिपि

२. गन्तव्य मुलुकमा रहेको वा सो देश हेर्ने नेपाली दूतावास वा बिरामी कार्यरत कम्पनीले बिरामी भइ उपचार गराउनु पर्ने अवस्था रहेको भनी लेखिदिएको पत्र

३. तीन पुस्ताभित्रको नाता खुल्ने सरकारी कागजात

४. दुईतर्फी हवाई टिकट र गन्तव्य मुलुकको होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाण वा गन्तव्य मुलुकमा भएको आफन्तको सम्पर्क नम्बरसहितको विवरण। 

विदेशमा रहेका आफन्तको मृत्यु भएको अवस्थामा सोसम्बन्धी कामका लागि जाने मृतकका आफन्त वा स्थानीय तहले सिफारिस गरेका व्यक्तिहरूले पेश गर्नुपर्ने कागजातहरू

१. मृतकको राहदानीको प्रतिलिपि, खास कारणले मृतकको राहदानीको प्रतिलिपि प्राप्त हुन नसकेमा मृतकको परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा मतदाता परिचय पत्र

२. गन्तव्य मुलुकमा रहेको नियोग वा सो देश हेर्ने जिम्मेवारी पाएको दूतावास वा मृतक कार्यरत रहेको कम्पनीले मृत्यु भएको भनी किटान गरिदिएको कागज

३. विदेशमा मृत्यु भएका व्यक्तिको हकमा मृतक वा निजको आफन्तको नाता खुल्ने सरकारी कागजात वा स्थानीय तहले सिफारिस गरेका व्यक्ति

४. दुईतर्फी हवाई टिकट र गन्तव्य मुलुकको होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाण वा गन्तव्य मुलुकमा भएको आफन्तको सम्पर्क नम्बर सहितको विवरण

कुन प्रयोजनका लागि भिजिट भिसामा जस्ता कस्ता प्रमाण बुझाउने? यस्तो छ कार्यविधिको पूर्णपाठ सहित


प्रकाशित : आइतबार, भदौ १९ २०७९०६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend