काठमाडौं (भदौ, १६)- ३४ देशका १ सय ७६ जनाले शरद ऋतुका लागि हिमाल आरोहणको अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ६ वटा हिमाल आरोहणका लागि १९ टीमका १६७ जनाले आरोहण अनुमति लिएका छन्।
जसमा धौलागिरी आरोहणका लागि ५ जना, हिमलुंगा आरोहणका लागि ३ जना, मनासलु आरोहणका लागि १४८ जना, न्युप्सेका लागि ५ जना, सगरमाथा आरोहणका लागि ५ जना र सारीबुङको लागि १ जनाले आरोहण अनुमति लिएका छन्।