काठमाडौं- प्रहरीले ३ दिनमा पर्यटक भिसामा खाडी मुलुकतर्फ जान भन्दै बिमानस्थल पुगेका १९७ जनालाई नियन्त्रणमा लिएको छ। आवश्यक कागजात संकास्पद देखिएकोले नियन्त्रणमा लिइको प्रहरीले जनाएको छ।
विमानस्थल प्रहरीले थप अनुसन्धानका लागी नेपाल प्रहरी प्रधान कार्यालय,मानव बेचविखन अनुसन्धान ब्यूरो,बबरमहल बुझाइएको जनाएको छ।
विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ प्रस्थान गर्न लागेका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा निजहरुको हवाई यात्रा अनुमती कागजातहरु शंकास्पद देखिएकोले १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरुलाई नियन्त्रणमा लिएको जनाएको छ।