आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पोखरामा क्यासिनो खुल्दै 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १० २०७९
images
पोखरामा क्यासिनो खुल्दै 

पोखराको फूलबारी रिसोर्ट बन्द भएसँगै क्यासिनो पनि बन्द भएको थियो। 

images
images

काठमाडौं- पर्यटकीय नगरी पोखरामा क्यासिनो सञ्चालन हुने भएको छ। 

images
images
images

पोखरामा क्यासिनो सञ्चालन गर्नेगरी भेन्टनम इन्टरनेशनले प्रालि उद्योग विभागमा दर्ता भएको छ। पोखरा महानगरपालिकाको ६ नम्बर वडामा रहेको हेरिटेज होटल एण्ड स्पामा सञ्चालन हुनेगरि क्यासिनो दर्ता भएको छ।

images
images

पर्यटकीय नगरी पोखरामा सुविधासम्पन्न होटलको संख्या उल्लेख्य भएपनि क्यासिनो सञ्चालनमा थिएनन्। यो क्यासिनो सञ्चालनमा आएसँगै पोखरामा पनि अब क्यासिनो सुविधा थपिने भएको छ। 

images
images

पोखराको फूलबारी रिसोर्ट बन्द भएसँगै क्यासिनो पनि बन्द भएको थियो। 

कुनै समय काठमाडौं मात्र केन्द्रित क्यासिनो पछिल्लो समय सीमा नाका केन्द्रित भएको थियो। भारतीय सीमासँग जोडिएका सहरमा खुलेको होटलमा क्यासिनो सञ्चालन तीव्र बनेको थियो। 

विशेषगरी भैरहवा र नेपालगञ्जमा क्यासिनोकै लागि स्तरीय होटल खुल्ने क्रम बढिरहेको छ। होटलभन्दा पनि भारतीय पर्यटक क्यासिनोका लागि आउने भएकाले सीमा क्षेत्रमा तारे होटलमा लगानी बढिरहेको छ। 

भारतीय पर्यटकको रोजाइमा पर्दै आए पनि पोखरामा क्यासिनो थिएनन्। पोखरामा तारे होटलको संख्या बढ्दै गएपनि व्यवसायीले क्यासिनो खोल्ने आँट गरेका थिएनन्। 

हेरिटेज होटलमा सञ्चालन हुने यो क्यासिनोले पोखरामा क्यासिनोको भविष्य तय गर्ने व्यवसायीले बताएका छन्। विशेषगरी भैरहवासम्म पुग्ने भारतीय पर्यटकलाई पोखरासम्म तान्नका लागि क्यासिनो उपयुक्त हुने उनीहरुको विश्वास छ। 

भैरहवामा क्यासिनोका लागि मात्र भारतीय आएपनि पोखरासम्म पुगेपछि उनीहरु बाँकी समय घुमफिर पनि गर्ने भएकाले थप पर्यटकीय गतिविधि बढ्नेमा उनीहरु आशावादी छन्।

यो महिना अर्को क्यासिनो पनि दर्ता भएको छ। ग्रीन ज्याकपट प्रालि नामको कम्पनीले क्यासिनो सञ्चालनका लागि उद्योग विभागमा दर्ता भएको छ। कपिलवस्तुको लुम्बिनी ग्रिन रिसोर्टमा सञ्चालन हुने छ। यसमा पनि २० करोड लगानी हुने उल्लेख गरिएको छ। यसको क्षमता वर्षमा ७६ हजारलाई सेवा दिने हुने छ। 


प्रकाशित : शुक्रबार, भदौ १० २०७९०९:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend