शुक्रबार, जेठ ४ गते २०८१    
images
images

भविष्यमुखी दीगो पूर्वाधारमा निजी लगानी खोजी 

images
बिहीबार , भदौ ९ २०७९
images
images
भविष्यमुखी दीगो पूर्वाधारमा निजी लगानी खोजी 

दीगो विकासका लागि भविष्यमुखी आर्थिक पूर्वाधारमा लगानीको खोजीमा बोर्डले छलफल, बहस, नेटवर्किङ जस्ता कुरा समावेश हुनेछन्। 

images
images

काठमाडौं-  लगानी बोर्डले यही भदौभित्र काठमाडौंमा सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम २०२२' को आयोजना गर्ने भएको छ। यसअघि लगानी सम्मेलन आयोजना गरिरहेको बोर्डले यो पालि भने अलि भिन्न लगानी फोरमको आयोजना गर्न लागेको हो। 

images
images
images

यसअघिका लगानी सम्मेलन जस्तो वृहत सम्मेलन भने यो होइन। दीगो आर्थिक विकासका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धता अनुसारको पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी खोज्ने तथा आकर्षित गर्ने उद्देश्यसहित बोर्डले यस्तो फोरमको आयोजना गर्न लागेको हो। 

images

यसअघि बोर्डले निजी क्षेत्र आफैले खोजेका वा प्रष्ट लाभ देखिएका, नियमित बजार भएका क्षेत्रमा परियोजना विकास गर्दै लगानी आव्हान गर्दै आएको थियो। अब भने बोर्डले दीगो, जलवायुमैत्री परियोजनामा पनि निजी लगानीको सम्भावना खोज्ने भएको छ। 

images
images

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको, अन्तर मन्त्रालय समुन्वय गर्ने जिम्मेवारी बोकेको बोर्ड नेपालको लगानी तथा सार्वजनिक निजी साझेदारी नीति कार्यान्वयन गर्ने मुख्य एजेन्सी हो। यस्तो एजेन्सी भएकै कारणले सरकारले गरेको प्रतिबद्धतता अनुसारका पूर्वाधार निर्माण, त्यस्ता पूर्वाधारमा निजी क्षेत्रलाई सहभागी गराउने दायित्व भएकाले यस्तो रणनीतिमा अघि बढेको बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुशिल भट्टले जानकारी दिए। 

images
images

'हामीलाई कस्तो पूर्वाधार चाहिन्छ? हाम्रा प्राथमिकता १० वर्षअघि र अहिले त उस्तै हुन सक्दैनन्। त्यसमा पनि हामीले अन्तर्राष्ट्रिय मञ्चमा गएर सन् २०४५ सम्म शून्य कार्वजन उत्सर्जनको प्रतिबद्धतता गरेका छौं। यस्तो अवस्थामा हाम्रो प्राथमिकता दीगो विकास पनि हो। जलवायुमैत्री पूर्वाधार निर्माणमा पनि उत्तिकै अवसर छ भनेर लगानीकर्तालाई भन्न आवश्यक छ' उनले भने। 

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने यो फोरमको सहआयोजक नै सयुक्त अधिराज्य बेलायतको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस रहेको छ। 

यो फोरमको मुख्य उद्देश्य भनेकै अहिलेसम्मका पूर्वाधार परियोजना बाहेक नयाँ खालका परियोजनामा निजी लगानीको खोजी हुने छ। दीगो विकासका लागि भविष्यमुखी आर्थिक पूर्वाधारमा लगानीको खोजीमा बोर्डले छलफल, बहस, नेटवर्किङ जस्ता कुरा समावेश हुनेछन्। 

सूचना प्रविधिका लागि पूर्वाधार निर्माण, हरित यातायात, जलवायु अनुकूलित कृषि परियोजना, पर्यटकीय पूर्वाधार यो फोरमका टार्गेट हुनेछन्। त्यस्तै हरित र भविष्यमुखी ऊर्जा, किफायति सहरी पूर्वाधार तथा समग्रमा आधुनिक पूर्वाधारमा लगानीकर्ता, लगानीको स्रोत खोजीमा फोरम केन्द्रीत हुने छ। 

यस्ता लगानीका लागि निजी क्षेत्रलाई आकर्षित गर्नका लागि कस्तो नीतिगत व्यवस्था हुनुपर्छ। नेपालको अहिलेको व्यवस्थामा कस्तो सुधार चाहिन्छ? निजी क्षेत्रकले यस्तोमा लगानी गर्न के कस्ता पूर्वशर्त राख्छ भनेर नीति निर्माताबीचमा अन्तरक्रिया पनि हुने छ। 

समग्रमा यो फोरम नेपालको लगानी प्राथमकितामा नयाँ सम्भावनाको खोजी गर्ने बाटो तय हुने छ। 

लगानी बोर्डले यो फोरमका क्रममा ग्रिन परियोजनाको पाइपलाइनमात्र होइन त्यस्ता परियोजनाको अवधारणा पनि सार्वजनिक गर्ने छ। सम्भावना भएका भविष्यमुखी गेमचेन्जर आयोजनाको शोकेस पनि हुने छ। 

यो फोरम लगानी सम्मेलन सन् २०२३ को पूर्व तयारी मात्र नभएर लगानीको नयाँ ढोका खोल्ने अवसर भएको भट्टको विश्वास छ। 'हामीले नियमित गर्दै आएका लगानीका कामलाई रोकेनर नयाँमा जाने होइन। नियमितसँगै नयाँ सम्भावनाको खोजी गर्ने पनि हो' उनले भने। 


प्रकाशित : बिहीबार , भदौ ९ २०७९०३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend