आइतबार, भदौ २३ गते २०८१    
images
images
नेपाल वायुसेवा निगममा अध्यक्ष अधिकारीको लापरबाही

२७ अर्बको लगानीमा ३ अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तारको योजना अलपत्र

images
बुधबार, भदौ ८ २०७९
images
images
२७ अर्बको लगानीमा ३ अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तारको योजना अलपत्र

निगमलाई २०७७ पुसमै नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तार गर्न पत्र गरेको थियो। सोही आधारमा तत्कालिन व्यवस्थापनले १० वर्ष २७ अर्बको लगानी गर्ने योजना अगाडि सारेको थियो।

images
images

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तार तथा पूर्वाधार विकासका योजना अलपत्र पारेका छन्।

images
images
images

अधिकारीले पूर्वमहाप्रबन्धक डिमप्रकाश पौडेलको पालामा २७ अर्ब खर्चेर ३ वटा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तार गर्ने योजान ल्याएको थिए। तर कार्यकारी अध्यक्ष अधिकारीले उक्त योजना गायब बनाएको निगम स्रोतले जनाएको छ। पौडेलले (सन् २०२१-२०३०) १० वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सञ्चालनको तयारी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई गुणस्तरी र आधुनिक बनाउनभन्दै २७ अर्ब लगानी गर्ने योजना सार्वजनिक गरेको थियो। 

अधिकारीले उक्त योजना अलपत्र पारिदिएका छन्। निगमले अहिले सञ्चालनमा रहेको त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्दै आएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा पनि निगमले नै गर्दै छ। तर लगानी विस्तार गर्ने कुनै तयारी भएको छैन। यस अघिको लगानी विस्तार गर्ने योजनामा पनि अलपत्र परेको छ।

निगमलाई २०७७ पुसमै नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तार गर्न पत्र गरेको थियो। सोही आधारमा तत्कालिन व्यवस्थापनले १० वर्ष २७ अर्बको लगानी गर्ने योजना अगाडि सारेको थियो।

images

नेपाल एयरलाइन्सको मुख्य आम्दानीको स्रोतमा ग्राउन्ड ह्यान्डलिङ सेवा हो। तर निगमले गुणस्तरीय ग्राउन्ड ह्यान्डलिङ सेवा दिन सेकेको छैनन्। निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाको विषयलाई लिएर जहिले पनि प्रश्न उठिरहेको छ। निगम व्यवस्थापनले भने ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तारमा भने कुनै चासो दिएको छैनन्।

कोभिड अगाडिसम्म निगमले  त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवाबाट मात्रै वार्षिक करिब ५ अर्ब आम्दानी गरिरहेको थियो। कोभिडका कारण २ वर्ष आम्दानी कम भएपनि पुन: पहिलेकै अवस्थामा ग्राउन्ड ह्यान्डलिङ सेवाबाट आम्दानी गरिरहेको छ। अहिले थप २ वटा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न अनुमति पाएको निगमले काठमाडौंमा प्रयोग भएको उपकरण लगरे सेवा दिइरहेको छ। तर आवश्यक पूर्वाधार र उपकरणमा लगानी विस्तार गरेको छैनन्।

२०७७ पुसमा निगम व्यवस्थापनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा निर्माणको चरणमा रहेका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २७ अर्ब ३३ करोड रुपैयाँ लगानी गर्ने योजना अगाडि सारेको थियो।

प्राधिकरणको पत्र पाएसँगै निगम व्यवस्थापनले गौतम बुद्ध र पोखरामा नयाँ संरचना बनाउन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा विस्तार गर्न योजना बनाएको थियो।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्नका लागि सन् २०२१ देखि २०३० सम्म १७ अर्ब १७ करोड लगानी गर्ने योजना बनाएको थियो। 

यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डह्यान्डलिङको पूर्वाधार तयार गर्दै सेवा सञ्चालनका लागि २०३० सम्म ६ अर्ब ११ करोड रुपैयाँ र पोखरा क्षेत्रीय विमानस्थलमा पनि २०३० सम्म ४ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने गरी योजना अगाडि सारेको थियो।

३ विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा कुन वर्ष कति लगानी?

२०२१- १ अर्ब ९४ करोड    

२०२२- २ अर्ब ९ करोड

२०२३- २ अर्ब २४ करोड

२०२४- २ अर्ब ४१ करोड

२०२५- २ अर्ब ५८ करोड

२०२६- २ अर्ब ७७ करोड

२०२७- २ अर्ब ९८ करोड

२०२८- ३ अर्ब २० करोड

२०२९- ३ अर्ब ४३ करोड 

२०३०- ३ अर्ब ६९ करोड


प्रकाशित : बुधबार, भदौ ८ २०७९०४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend