आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

नेपालमा अनुमति नै नपाएको कुवेत एयरवेज उड्डयन कर्मचारी छनौट गर्दै 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ ६ २०७९
images
नेपालमा अनुमति नै नपाएको कुवेत एयरवेज उड्डयन कर्मचारी छनौट गर्दै 

उडानदल सदस्यका लागि उनीहरु अन्तर्वार्ता दिन पुगेका छन्। 

images
images

काठमाडौं- कुवेतबाट नेपालमा सिधा उडान हाल एउटा एयरलाइन्सले गरिरहेको छ। अर्को एक एयरलाइन्स उडान गर्ने क्रममा छ। हाल भैरहवा र काठमाडौंमा कुवेतको जजिरा एयरवेजले उडान गरिरहेको छ। 

images
images
images

तर कुवेतको राष्ट्रिय ध्वजाबाहक कुवेत एयरवेजले नेपालमा उडान गर्नका लागि कुनै पनि कानूनी प्रक्रिया अघि बढाएको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कुवेत एयरवेजले नेपालमा स्लट पनि पाएको छैन र त्यसका लागि प्रक्रिया पनि अघि बढेको छैन। 

images
images

उडान अनुमतिका लागि औपचारिक प्रक्रिया नै अघि नबढाएको कवेतले नेपालमै आएर उड्डयन कर्मचारीको भर्नाका लागि छनौट गरिरहेको छ। काठमाडौंको सोल्टी होटलमा कुवेत एयरवेजले कर्मचारी छनौटका लागि अन्तर्वार्ता गरिरहेको छ। 

images
images

नेपाल उडानका लागि वा नेपालमै अफिस राखेर नेपाली कर्मचारीको भर्ना गर्नका लागि पहिला अनुमति लिनुपर्छ। तर वैदेशिक रोजगारीका प्रायोजनका लागि भए आफूहरूलाई जानकारी नहुने भूलले बताए। 

काठमाडौंको पाँचतारे होटल सोल्टीमा जारी अन्तर्वार्तामा सहभागीहरूले भने एयरलाइन्समा काम गर्ने र कुवेत एयरवेज भन्नेबाहेक अरु जानकारी खुलाउन चाहेनन्। उनीहरू विभिन्न सम्पर्कसुत्रबाट त्यो अन्तर्वार्तामा सहभागी हुन गएका छन्। 

उडानदल सदस्यका लागि उनीहरु अन्तर्वार्ता दिन पुगेका छन्। 

यसअघि गएको वर्ष नेपाल उडान गर्ने भन्दै कुवेतले आफ्नो वेबसाइटमा घोषणा गरेको थियो। तर त्यसपछि उक्त एयरलाइन्सले प्रक्रिया अघि बढाएको छैन। 


प्रकाशित : सोमबार, भदौ ६ २०७९०७:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend