शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

एक महिनामै ६ होटलमा ७ अर्ब १० करोडको लगानी प्रतिबद्धता, कुन होटलमा कति?

images
images
images
एक महिनामै ६ होटलमा ७ अर्ब १० करोडको लगानी प्रतिबद्धता, कुन होटलमा कति?
images
images

काठमाडौं- कोभिडका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा क्रमश: उत्साह सुरु भइरहेका छ। कोभिडका कारण टुटेका हवाई सञ्जालहरू पुनः सुरु भएका छन्। विदेशी पर्यटक आगामन विस्तारै बढ्दो छ।

images
images
images

पर्यटकीय गन्तव्यहरू आन्तरिक तथा बाह्य पर्यटकको भिड नै लाग्न थालेको छ। पर्यटन क्षेत्रमा विस्तारै उत्साह सुरु भएको व्यवसायीहरूको तर्क छ।

images

पर्यटन क्षेत्रमा देखिएको उत्साहसँगै तारे होटलमा लगानी बढ्दै छ। केही तारे होटल निर्माणका चरणमा छन् त कतिपय सञ्चालनकै तयारीमा छन्। होटलमा व्यवसायीको आकर्षण बढ्दो नै छ।

images

चालु आर्थिक वर्ष २०७९/०८० को सुरुवातमै होटलमा लगानी आकर्षण बढेको छ। उद्योग विभागका अनुसार चालु आवको पहिलो एक महिनामै तीनवटा तारे होटल दर्ता भएका छन्।  यसैगरी तीन वटा पर्यटकीय होटल पनि निर्माण हुने गरी दर्ता भएका छन्।

images
images

विभागका अनुसार एक महिनामा ६ वटा होटलमा ७ अर्ब १० करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। जसमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आयुष्मान होटल निर्माणका लागि आएको छ।

झापाको मेचिनगरमा २ अर्ब ५१ करोड रुपैयाँको लगानीमा आयुष्मान होटल बन्ने गरी उद्योग विभागमा दर्ता भएको छ। ९५ बेड क्षमताको होटलमा १ सय ९० जना क्षमताको रेष्टुरा समेत बने छ। सत प्रतिशत नेपाली लगानी रहने होटलमा ३ सय जनाले रोजगारी पाउनुको साथै १ हजार केभीए बिजुली समेत खपत हुने दर्ता विवरणमा उल्लेख छ। यो होटलमा व्यवसायी इन्द्रप्रसाद सुवेदी सहितको लगानी रहने छ। 

यसैगरी काठमाडौंमा बुढानिलकण्ठमा बुढानिलकण्ठ हेरिटेज लिमिटेड दर्ता भएको छ। बुढानिलकण्ठ हेरिटेज होटलमा २ अर्ब ४० करोडको लगानी प्रतिबद्धता आएको छ। होटलमा १ सय २ बेड र ३ सय सिट क्षमताको रेष्टुँरा बन्ने छ। सतप्रतिशत नेपाली लगानी रहेको होटलमा १ हजार ५ सय केभीए बिजुली खपत हुने दर्ता विवरणमा उल्लेख छ। 

उद्योग विभागका अनुसार झापाको मेचिनगरमा नगरपालिका वडा नम्बर १० मा होटल ईष्टन निर्माण हुनेगरी दर्ता भएको छ। होटल ईष्टनमा १ अर्ब ६९ करोड ७ लाख ७१ हजार ९ सय ७५ रुपैयाँको लगानी प्रतिबद्धतासँगै उद्योग दर्ता भएको छ। ईष्टन होटलमा ९९ बेड तथा २५० सिट क्षमताको रेष्टुँरा बन्ने दर्ता विवरणमा उल्लेख छ। होटलमा सतप्रतिशत नै नेपाली लगानी रहेको छ भने १ सय ७० जनाले रोजगारी पाउने उल्लेख छ। होटलले ५ सय केभीए बिजुली खपत गर्ने दर्ता विवरणमा उल्लेख छ।

यसैगरी १५ करोडको विदेशी लगानीमा काठमाडौंमा मारीय होटल तथा रेष्टुरा निर्माण हुने भएको छ। ४५ वेड क्षमताको होटलमा १७२ सीट क्षमताको रेष्टुरा रहने छ। साथै होटलमा ५९ जनाले रोजगारी पाउने छन्। होटलमा विदेशी लगानी रहने छ। 

यसैगरी २० करोडको लगानीमा युवान होटल एण्ड रेष्टुरेण्ट निर्माण हुने भएको छ। ५० बेड क्षमताको होटलमा ५५ जनाले रोजगारी पाउने छन्। होटलमा विदेशी लगानी रहने छ। 

साथै १५ करोड रुपैयाँको लगानीमा काठमाडौंमा नै सञ्चालन हुने गरी हुवालिन होटल एण्ड रेष्टुरेन्ट दर्ता भएको छ। होटलमा विदेशी लगानी रहनेछ। ४० वेड क्षमताको होटलमा ८५ जनाले रोजगारी पाउने छन्।

images

प्रकाशित : मंगलबार, साउन ३१ २०७९१०:२९

प्रतिक्रिया दिनुहोस