शुक्रबार, चैत १६ गते २०८०    
images
images

नेपाली चियालाई पहुँच दिन चीन सकारात्मक

images
images
नेपाली चियालाई पहुँच दिन चीन सकारात्मक

नेपाली चियाको बजार विविधिकरण गर्नुपर्ने आवाज व्यवसायीले उठाउँदै आएका छन्।  विविधकरणका लागि चिनियाँ बजार उपयुक्त हुनसक्ने चियाँ उत्पादक तथा व्यवसायी उदय चापागाईँको भनाइ छ। 

images
images

काठमाडौं- चीनले नेपालको चियालाई आफ्नो बजारमा पहुँच विस्तार गर्न सकारात्मक देखिएको छ। 

images
images
images

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको प्रतिनिधि मण्डल र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेटवार्तामा दुई मुलुकका परराष्ट्र मन्त्रालयले जारी गरेका प्रेस विज्ञप्तिमा नेपाली चियालाई चीनमा बजार पहुँच दिनका लागि क्षमता विस्तारदेखि पूर्वाधार निर्माणसम्म सहकार्य गरिने उल्लेख गरिएको छ। 

images

चीनको छिङताओमा भएको दुई पक्षीय वार्तापछि दुई देशका परराष्ट्र मन्त्रालयले फरकफरक प्रेस विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा रणनीतिक विषयमा फरक फरक प्राथमिकता भएपनि नेपाली चियालाई बजार पहुँच दिनका लागि चीन सकारात्मक भएको कुरा भने दुवैतिर समावेश गरिएको छ। 

images
images

चीनसँगको औपचारिक छलफलमा नेपाल पक्षले प्राय नेपाली कृषि वस्तुको पहुँचका बारेमा कुरा उठाउँदै आएको छ। यो पटकको छलफलमा पनि समग्र कृषि वस्तुको उठेको हो। पछिल्लो दुई वर्षदेखिका छलफलमा नेपाली पक्षको प्राथमिकता भने व्यापार सहजीकरणमा रहँदै आएको छ। कोरोना प्रकोप देखाएर चीनले व्यापारलाई सीमित पारिदिएको छ। 

नाकामा अहसज भएपछि वस्तु आयात तथा निर्यात पनि घटिरहेको छ। समग्र नाकाबाट व्यापार सहज बनाउनका लागि दुवै पक्ष सहमत भएको र यसका लागि सयुक्त ट्रेड समितिलाई सक्रिय बनाइने कुरा उल्लेख गरिएको छ। 
 
नेपाली चियालाई चीनमा पहुँच दिने कुरा नेपालले उठाएको र त्यसमा चिनियाँ विदेशमन्त्री सहमत भएपनि यो धेरै उत्साहजनक नभएको व्यवसायीहरूको भनाइ छ। 

यसै पनि चीनमा धेरै नेपाली वस्तुले पहुँच पाएका छैनन्। सैद्धान्तिक रुपमा चीनले पहुँच दिन सहमत भएपनि साँच्चिकै निर्यातका लागि धेरै प्राविधिक चरण पार गर्नुपर्ने हुन्छ। यसबाट तत्काल खुसी हुने कुरा नभएको व्यवसायीहरूको भनाइ छ। 

nepalchina.jpg

तर अहिले नेपाली चियाको मुख्य बजार भारत मात्र रहेको र भारतले विभिन्न समयमा अवरोध गर्ने गरेको छ। अझ ठीक अहिले नेपालका चिया उत्पादक तथा व्यवसायीहरू यतिबेला काठमाडौंमा भेला भएका छन्। भारतमा नेपाली चिया आयातमा रोक लगाउनुपर्ने लविङ भएपछि नेपाली व्यवसायी पनि काठमाडौं आइपुगेका छन्। भारतीय संसदको एउटा समितिले नेपाली चिया आयातमा भन्सार बढाउनुपर्ने प्रतिवेदन तयार पारेपछि नेपालका व्यवसायीहरू त्रसित भएका छन्। 

नेपाली चियाको बजार विविधिकरण गर्नुपर्ने आवाज व्यवसायीले उठाउँदै आएका छन्।  विविधकरणका लागि चिनियाँ बजार उपयुक्त हुनसक्ने चियाँ उत्पादक तथा व्यवसायी उदय चापागाईँको भनाइ छ। 

'चीनमा नेपाली चियाको बजार पनि छ। यसअघि पनि गएको हो अहिले पनि गइरहेको छ। तर भोल्युमा जानका लागि धेरै काम गर्नुपर्ने छ। तर पहिलो काम भनेको हाम्रो गुणस्तरमै काम गर्नुपर्छ' उनले भने। 

images

प्रकाशित : शुक्रबार, साउन २७ २०७९०४:४८

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ