शनिबार, वैशाख ८ गते २०८१    
images
images

 ५ वर्ष पार गर्‍यो सजिलो सेवाले, व्यावसायिक छलाङका लागि तयार 

१० करोड लगानी जुटायो, देशभर सेवा विस्तार गर्दै  

images
images
 ५ वर्ष पार गर्‍यो सजिलो सेवाले, व्यावसायिक छलाङका लागि तयार 

काठमाडौंका विभिन्न ठाउँमा रहेका एक सय घरपरिवार तथा एक सय व्यावसायिक संस्थाको दैलोमै पुगेर उनीहरुले  उनीहरुका समस्या संकलन गरे। 

images
images

काठमाडौं- सहर बजारमा निर्माण हुने नयाँ घरको भित्री काम तथा घर तथा अफिसमा आकस्मिक मर्मतको काम गर्ने जनशक्ति कहाँबाट आउँछन्? संस्थागत काम गर्नेको धेरैको अनुभवले भन्छ यस्तो काममा धेरैजसो भारतीय हुन्छन्। एकातिर नेपालमा काम नपाएर नेपालीहरु खाडीसम्म पुग्छन्। अर्कोतिर देशभित्रै काम गर्ने मान्छे नभएर विदेशबाट आउँछन्। 

images
images
images

यस्तो असंगत प्रवृत्तिका बारेमा बेलाबेलामा पाँच तारे होटलमा हुने गोष्टि तथा सेमिनारमा पनि आवाज उठ्छ। नीति निर्माताले पनि आफ्नो पालो आउँदा यही कुरा राम्रोसँग ब्याख्या गर्छन् र अन्तमा गएर सिप विकास तथा बजार प्रबर्द्धनका लागि भन्दै परियोजना बन्छन्, परामर्शदाता नियुक्त हुन्छन्। केहीले तालिम पनि पाउँछन् होला अन्तत: कागजमै सही परियोजना सफल हुन्छन्। र फेरि नेपाली भने कामको खोजीमा विदेशी जानैपर्छ र नेपालकै सहरमा धारा मर्मत गर्दा पनि विदेशबाटै आएका मान्छेले गरिदिनुपर्छ। 

images

तर यही असंगत प्रवृत्तिमाथि प्रश्न उब्जिएपछि तीन जना युवा सुजित रेग्मी, कविस श्रेष्ठ र पुकार आचार्य यसको धरातल बुझ्न कोशिस गरे। चिया गफ तथा सेमिनारमा हुने छलफलमै भर नपरेर उनीहरुले फिल्डमै गएर सर्वेक्षण गरे। काठमाडौंका विभिन्न ठाउँमा रहेका एक सय घरपरिवार तथा एक सय व्यावसायिक संस्थाको दैलोमै पुगेर उनीहरुले  उनीहरुका समस्या संकलन गरे। 

images

घर तथा अफिस सञ्चालनका लागि आवश्यक सहायक सेवा आवश्यक छ कि छैन? सेवा आवश्यक छ भने कसरी लिनुभएको छ? यदि लिएको छ भने कसरी पाइन्छ? पाउन सजिलो छ कि छैन? जस्ता प्रश्न सोधे। यस्ता प्रश्नको उत्तरबाट उनीहरुले निष्कर्ष निकाले साँच्चिकै समस्या रहेछ। 

images
images

अनि जन्मियो 'सजिलो मर्मत सेवा'। तर अहिले यसको नाम परिवर्तन भएर सजिलो सेवा भइसकेको छ।  

घरयासी सामग्रीको मर्मत सेवा आवश्यक भएका र यस्तो सेवा दिने सीप भएकाहरूबीचमा जोड्ने माध्यमका रुपमा सुरु भएको यो कम्पनीले पाँच वर्षको अवधि पार गरेको छ। कुनै पनि स्टार्टपका लागि पाँच वर्षको अवधि लामो त होइन तर महत्वपूर्ण हो। पाँच वर्ष टिकेपछि अघि बढ्ने सम्भावना देखिन्छ, नटिकेमा धेरैजसो बन्द भइसक्छन्। यो कसीमा हेर्दा सजिलो  सेवा भविष्यमुखी छ। 

पाँच वर्षको अवधि संघर्षमै बितेको सहसंस्थापक कविश श्रेष्ठको भनाइ छ। कुनै पनि स्टार्टपका लागि पहिलो पाँच वर्षको समय महत्वपूर्ण हुन्छ। आइडियालाई व्यापारमा लिने, त्यसका लागि आवश्यक लगानी खोज्ने लगायतका विभिन्न प्रक्रिया यो बीचमा हुन्छन्। 

सजिलो सेवाले पनि यस्तै भोगाइ बेहोर्‍यो। 

यो पाँच वर्षमा कम्पनीको व्यापारमा उतारचढाव भइरह्‍यो। व्यक्तिगत रुपमा डिल गरेर व्यक्तिगत सम्पर्कसूत्रका आधारमा मान्छे बोलाएर काम लगाउने बानी रहेको समाजमा सजिलोको सेवा विस्तार हुन कठिन हुने नै भयो। घरको धारा बिग्रियो वा टीभी, फ्रिज बिग्रयो भने मर्मतका लागि जाने शैली परम्परागत छ। पारिवारिक नियन्त्रण अझै पनि त्यही पुस्तामा छ। यस्तोमा कम्पनी बनाएर पेसागत दक्ष मान्छेबाट काम सेवा दिने सजिलो मर्मतको सेवा विस्तारमा कठिन भयो। 

यो अवस्थाको अनुमान कम्पनीका संस्थापकहरूलाई अनुमान थियो। त्यसैले यसमा दुई प्रकारका बिजनेस मोडल बनाइएको थियो। यही कारणले गर्दा कम्पनीको यात्रा रोकिएन। 

‘हामीले दुई प्रकारका व्यापार मोडल बनाएका छौं। यसमा एउटा कर्पोरेट छ। जसमा हामी वार्षिक सम्झौता गरेर निश्चित सेवा दिन्छौं। अर्को छ फ्रिल्यान्स जो सर्वसाधारणले चाहेको समयमा लिन सक्छन्’ सहसंस्थतापक श्रेष्ठले भने। 

सुरुवातदेखि अहिलेसम्म कम्पनीको कोर बिजनेस नै कर्पोरेट सेवा रहिआएको थियो। यही कर्पोरेट सेवाले सजिलोको व्यापार फ्रिल्यान्समा पनि बढाउने काम गर्‍यो। 

‘कर्पोरेटमा सेवा राम्रो चाहिएको तर मूल्य दोस्रो प्राथमिकतामा देखियो तर घरमा भने मूल्य पहिलो प्राथमिकतामा थियो। त्यसपछि हाम्रो सेवा राम्रो हुँदै गयो। त्यहीबाट धेरै विस्तार भयो। किन भने त्यहाँ काम गर्ने मान्छे मात्र होइन त्यस्तै अरु संस्था पनि जोडिँदै गए’ श्रेष्ठले भने। 

कम्पनीले हाल राष्ट्रिय तथा बहुराष्ट्रिय कर्पोरेटका लागि सेवा दिने काम गरिरहेको छ। 

सजिलोले गएको पाँच वर्षमा आधार सिर्जना गर्ने काम गरेको छ। सञ्जाल बनाउने, व्यापारलाई सेट गर्ने तथा प्रविधिमा लगानी गर्ने। यो सब करिब अहिले तयारी अवस्थामा छन्। अबको समय फड्को मार्ने रहेको श्रेष्ठको भनाइ छ। 

तीनजनाबाट सुरु भएको कम्पनीमा अहिले सय जनाले काम गरिरहेका छन्। दुई सय जना प्राविधिकहरु सजिलोको सञ्जालमा जोडिएका छन्। कम्पनीले यो बीचमा सफ्टवेयरको विकासमा काम गरेको श्रेष्ठको भनाइ छ। 

‘हामीले सुरुमा सीमित सेवाबाट सुरु गरेका थियौं अहिले ३० वटा छन्। मोबाइल एप्लिकेशन सार्वजनिकसँगै यसको संख्या ५० वटा पुग्छ। अर्थात् हामीले अब ५० प्रकारका सेवा दिनसक्छौं। यसका लागि जनशक्तिदेखि व्यवस्थापनसम्मको पूर्वाधार तयार पारेका छौं’ श्रेष्ठले भने। 

गएको पाँच वर्षमा काठमाडौंमा रहेर कम्पनीले गरेको बिजनेस मोडल बनाउने काम गरेको श्रेष्ठको भनाइ छ। यो मोडल सफल भएको छ उनीहरुको बुझाइमा। मर्मतसम्भार सेवाको वार्षिक बजार खर्ब बढीको छ। तर यसको व्यापारिक रुपमा सम्भाव्य भनेको २० अर्बजतिको छ। यस्तो अवस्थामा सजिलो मर्मत सेवाले एउटा मोडल बनाउन सफल भएको सहसंस्थापक सुजित रेग्मीको भनाइ छ। 

यही मोडललाई  अब काठमाडौं बाहिरका सहरमा पनि विस्तार गर्ने योजना कम्पनीको छ। काठमाडौं बाहिरका मुख्य सहरमा सेवा विस्तार गर्नका लागि अहिले तयारी भइरहेको छ। सुरुमा पोखरामा जाने योजना बनाइएको उनले जानकारी दिए। 

पोखराजस्तै अरु मुख्य सहरमा सजिलो सेवाको सेवा उपलब्ध हुने छ।

अहिलेसम्म गरिएका काम तथा भविष्यमा गर्ने कामका लागि पनि लगानी चाहिन्छ। यस्तो लगानी स्टार्टपका लागि नेपालमा कठिन मात्र होइन करिब असम्भव जस्तै छ। धेरैजसो स्टार्टअप लगानीकै अभावमा बन्द हुन्छन्। तर कठिन परिश्रम र आइडियालाई प्रमाणित गरेको अवस्थामा लगानी असम्भव पनि छैन। यसको उदाहरण हो सजिलो मर्मत सेवा। 

यो कम्पनी स्थापनाको पहिलो वर्षदेखि नै लगानीको खोजीमा थियो। संस्थापकहरुले कुनै पनि  प्ल्याटफर्म छाडेनन्। बीचमा केही लगानी पनि पाए। तर व्यापार विस्तारका लागि पर्याप्त थिएन। 

अन्तत: सन् २०२२ मा आएर यो कम्पनीले लगानी पायो। भेन्चर क्यापिटलबाट १० करोडको लगानी जुटाएको यो समूह हौसिएको छ व्यापार विस्तारका लागि। 

यही आधारमा कम्पनीको सेवा विस्तारको खाका तयार भएको श्रेष्ठले जानकारी दिए। अहिलेसम्मको कामबाट परीक्षण तथा आधार तयार भएको र अबको पाँच वर्ष विस्तार हुने उनको भनाइ छ। 

‘अबको ५ वर्षमा नेपालको सबै मुख्य सहरमा हाम्रो सेवा पुग्छ। दिनमा हजार देखि १५ सय सेवा दिने हाम्रो लक्ष्य छ’ श्रेष्ठले भने।

कस्तो सेवा दिन्छ सजिलोले? 

सजिलो सेवाले  हाल तीन दर्न बढी सेवा दिन्छ। सबै प्रकारका विद्युतीय सामाग्रीको मर्मत, जडान तथा वायरिङ, इन्टेरियर, एक्स्टेरियर, व्यवसायिक वा घरेलु क्षेत्रमा नयाँ वा पुरानो पेन्टिङ, सबै प्रकारका जडान तथा मर्मतसँग जोडिएका कार्पेन्ट्री, बाथरुम, भान्सा, पानी ट्यांकी, प्लम्बीङ प्रणालीको जडानसँग सम्बन्धित सबै सेवा र टिभी, फ्रिज, एसी, जेनेरेटर, सिसीटीभी, इन्टरकमसँग सम्बन्धित मर्मत तथा जडान सेवा।

त्यस्तै यो कम्पनीले गार्डेनिङ, सैलुन, ब्युटीकेयर, घर तथा अफिसको पुनरुद्धारजस्ता सेवा दिन्छ। यो कम्पनीले दिने सेवा तथा शुल्कका बारेमा कम्पनीको वेबसाइट www.sajilosewa.com मा गएर हेर्न सकिन्छ। 

यस्तो सेवा लिनका लागि कम्पनीको वेबसाइट तथा मोबाइल एप्लिकेशनमा गएर सेवा छनौट गर्न सकिन्छ। यसरी सेवा छनौट गरेपछि आफूलाई चाहिएको कामको विवरण राखेपछि शुल्क देखाउँछ। त्यसपछि सेवा लिनका लागि रिक्वेस्ट गर्नुपर्छ। 

यसरी सेवाको माग गरेपछि कम्पनीको सञ्जालमा जोडिएका प्राविधिकहरुको उपलब्धता हेरी सम्बन्धित लोकेसनमा पठाउँछ। 

images

प्रकाशित : बिहीबार , साउन २६ २०७९०७:२०

प्रतिक्रिया दिनुहोस